साउदी युवराज सलमानको निर्देशनमा खशोग्जीको हत्या : अमेरिकी गुप्तचर विभाग « Khabarhub

साउदी युवराज सलमानको निर्देशनमा खशोग्जीको हत्या : अमेरिकी गुप्तचर विभाग


१५ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  साउदी अरबका युवराज सलमान बिन मोहम्मदको निर्देशनमा पत्रकार जमाल खशोग्जीको हत्या भएको अमेरिकी गुप्तचर विभागले दाबी गरेको छ ।

अमेरिकी गुप्तर विभागले गरेको अध्ययन रिपोर्टमा सन् २०१८ मा  स्तानबुलमा भएको हत्यामा साउदी युवराज सलमान संलग्न भएको उल्लेख छ ।

युवराज सलमानले खशोग्जीको अपहरण गरेर हत्या गर्ने आदेश दिएको रिपोर्टमा दाबी गरिएको छ । सलमानले भने खशोग्जीको हत्यामा आफूले निर्देशन नदिएको बताउँदै आएका छन् ।

पत्रकार खशोग्जीको स्तानबुलमा रहेको साउदी वाणिज्य दूतावासभित्र हत्या भएको थियो । खशोग्जी साउदी राजपरिवारको कट्टर आलोचक थिए ।

खशोग्जी हत्या प्रकरणमा साउदीको एक अदालतले पाँच जनालाई फाँसीको सजाय सुनाएको थियो । तर, गएको वर्ष अदालतले फैसला परिवर्तन गर्दै उनीहरुलाई २० वर्ष कैद गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार  ७ : ५५ बजे

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको

अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा

धरान– नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी