साहसिक अनुभवहरूको रोचक वृत्तान्त | Khabarhub Khabarhub

साहसिक अनुभवहरूको रोचक वृत्तान्त


१५ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एउटा पुस्तक- काठमाडौँ पेरिस काठमाडौँ बस र रेल यात्रा, उपशीर्षक- साहस र आँटले डोर्‍याएको जिन्दगी । साँच्चै रोचक र पठनीय छ ।

उमेरले ७० वर्ष आसपासका श्याम मोहन श्रेष्ठको आत्मवृतान्त हो ‘काठमाडौँ पेरिस काठमाडौँ बस र रेल यात्रा’ । पुस्तकमा उनले आफ्नो पारिवारिक पृष्ठभूमिसहित बाल्यकाल, शिक्षा, विदेश यात्रा, व्यावसायिक जिन्दगी लगायतका अनेक पक्ष समेटेका छन् ।

पुस्तकको सबैभन्दा रोचक पाठ काठमाडौँ-पेरिस-काठमाडौँ बस र रेल यात्रा नै हो । काठमाडौँबाट पटनासम्म हवाइजहाजमा र त्यसपछि पेरिससम्मको बस र रेल यात्राको रोचक बयान पढ्न पाइन्छ ।

पटनाबाट बस चढेर दिल्ली अनि रेलबाट अफगानीस्तानको काबुल, इरानको तेहरान र त्यहाँबाट टर्कीको स्तानबुलसम्मको रेल यात्रा, आहा ! पढ्नुमा अलग्गै मजा छ ।

इस्तानबुलबाट कहिले बस र कहिले रेल हुँदै सर्बियाको बेलग्रेड, त्यहाँबाट इटलीको मिलान हुँदै फ्रान्सको पेरिस शहर ! साँच्चै एउटा साहसिक, आँटी मान्छेले मात्रै गर्न सक्छ यस्तो जोखिमको यात्रा । पेरिसबाट काठमाडौँ फर्किंदाको पनि उस्तै यात्रा ।

यही साहसिक यात्रा र त्यसपछिको जिन्दगीका अनेक आयामहरूको गाथा पढ्न पाइन्छ यस पुस्तकमा ।

फ्रान्समा पहिलो डिनरको कथा कम रमाइलो हुने कुरै भएन । यसपछि एअर फ्रान्समा जागिरको अवसर र सन्तुष्टि, पहिलोपटक काठमाडौँबाट एअर फ्रान्सको फस्ट क्लासमा पेरिससम्मको यात्रा, पुस्तकका अत्यन्तै पठनीय र रोचक पक्षहरू हुन् । हवाई जहाजभित्र पाएका खानाका परिकारको के कुरा ! बयान गरी साध्य नै छैन । खान नजान्दाको सास्ती झन अर्कै !

अमेरिकी नागरिक क्याथीसँगको बिहे र बिहेको पृष्ठभूमिले पाठकलाई आनन्दित नबनाई छाड्दैन । विदेशी महिलासँगको बिहे र तिनका परिवारजनसँगको फराकिलो सम्बन्धका रोचक पक्षहरू त छैदै छन्, दुई परिवारको सांस्कृतिक भिन्नताको सास्ती पनि कम छैन ।

नेपालका उच्च पदिस्थहरूसँगको विदेश यात्रा, नेपाल वायु सेवा निगमसँगको आबद्धता, फ्रान्स सरकारबाट पाएका सम्मान र पदकहरूको मनमोहक बयान पढ्न पाइन्छ ।

समग्रमा ‘काठमाडौँ पेरिस काठमाडौँ बस र रेल यात्रा’ यात्रै यात्राको जिन्दगीको एउटा इमानदार बयान हो । पुस्तकमा श्याम मोहनले आफ्नो व्यावसायिक जिन्दगीबारे पनि प्रकाश पारेका छन् । यात्रा, जागिर, व्यवसाय, पारिवारिक सम्बन्ध र अन्य सामाजिक सम्बन्धका अनेक अविस्मरणीय घटनाहरूको रोचक बयान पढ्न पाइन्छ ।

‘काठमाडौँ पेरिस काठमाडौँ बस र रेल यात्रा’ उत्साही युवा पाठकका लागि साँच्चै उपयोगी छ ।

लेखन शृंखलाबद्ध छ, एकपछि अर्को सिलसिला समयबद्ध छ । पढ्दा पढ्दै ठाउँठाउँमा भाषिक त्रुटिहरूले आँखा र जिभ्रो एक साथ नबिझाउने पनि होइन । तैपनि पठनीय छ, उपयोगी छ ।

श्याम मोहनले भनेकै छन्- हडबडमा भाषागत त्रुटिहरू भएका छन्, अर्को संस्करणमा सच्याउँछु ।

हार्दिक वधाई छ लेखक श्याम मोहन श्रेष्ठलाई ।

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार  ११ : ४९ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र