यस्तो छ लुतोको घरेलु उपचार | Khabarhub Khabarhub

यस्तो छ लुतोको घरेलु उपचार


१६ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- शरीरमा स–साना दानाहरू हुन्छन्, तिनीहमा कमिलाले टोकेजस्तै चटचट छाला चट्किन्छ । व्यक्तिले त्यसलाई हातले या नङले कन्याउँछ । कहिलेकाहीँ रगत पनि निस्किन्छ । यसलाई नै लुतो भनिन्छ ।

कन्याउँदा छाला रातो हुन्छ एवं कहिलेकाहीँ पिप पनि आउँछ । विशेष गरी पसिना बढी आउनु, फोहरमा रहनु, सरफ र साबुनको प्रयोग बढी गर्नु, पेटमा किरा हुनु, धूलो एवं हावा या गर्मीबाट एलर्जी हुनु, पाचन विकार हुनु आदि कारणबाट लुतो हुने गर्छ ।

घरेलु उपचार

—     ३ ग्राम जिरा र १५ ग्राम सिन्दूरलाई पिसेर सरसिउँको तेलमा पकाएर लेप लगाउनाले लुतो ठीक हुन्छ ।

—     सिधेनुन, पवारी (एक प्रकारको झार) को बीउ सरसिउँ र पिप्पलीलाई मसिनो पिसेर लेप लगाउनाले लुतो ठीक हुन्छ ।

—पारो र अमलासार गन्धकको धूलो, नीलोतुथो, बेसार, मेहेन्दी, कुट्की, अजवायन र मालकंगनी

— यी सबैको चूर्ण र घिउमा पगालेको मैन यी सबै चीजहरुलाई गाईको घीउमा एक दिनसम्म घोटेर लगाउनाले लुतो ठिक हुन्छ ।

—     सरसिउँको तेलमा आँकको पातको रस र बेसार हाल्नुहोस् र जब सिद्ध हुन्छ तब उतारेर छान्नुहोस् यो तेल लगाउनाले लुतो ठिक हुन्छ ।

—     दिसासँग निस्कने सेता कीराहरुको कारणले हुने चिलाइमा अजवायन, वायुविडङ्ग एवं कचूरलाई पिसेर त्यसको चूर्ण सखरसँग खानाले किरा दिसाबाट निस्किन्छ, जसले गर्दा चिलाउने हट्छ ।

साभार- घरेलु आयुर्वेदिक उपचार’ पुस्तकबाट

 

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  ११ : ३३ बजे

रेशम-रञ्जिता द्वन्द्व : नाउपामा मन्त्रीको नाम टुङ्गो लगाउन सकस

धनगढी– नागरिक उन्मुक्ति पार्टी (नाउपा) राजनीतिक दल हो, वा पारिवारिक सङ्गठन

युएईको भ्रमण गर्दै ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बिहीबार संयुक्त अरब इमिरेट्स

चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र

चितवन– चितवनको समग्र विकासका लागि सङ्घीय सरकारले विनियोजन गरेको बजेटमध्ये

तराई, पहाड र हिमालको अनुभव हुने ‘ग्रेटर मुन्दुम ट्रेल’

खोटाङ– खोटाङको मैयुङ ट्याम्के साल्पा सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्रले ‘ग्रेटर

हावाहुरीले घर भत्किँदा एक जनाको मृत्यु

झापा– हावाहुरीका कारण घर भत्किँदा झापामा बुधबार राति एक जनाको