हड्डी दुखेमा यसरी गर्न सकिन्छ घरेलु उपचार « Khabarhub

हड्डी दुखेमा यसरी गर्न सकिन्छ घरेलु उपचार


१७ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आधुनिक जीवनशैलीले मानिसहरू चाहेर पनि सूर्यको प्रकासबाट बञ्चित भइरहेका छन् । यसैकारण पछिल्लो समय भिटामिन डी को अभावले हड्डी दुख्नेजस्ता समस्याका विरामीहरू बढ्दै छन् ।

यसअतिरिक्त पेशा र व्यवसायको प्रकृति अनुसार गरिने कामले पनि हड्डी दुख्छ । कतिपयलाई बुढ्यौलीले च्याप्दै गएपछि पनि हड्डी दुख्छ । यो अवस्गामा घरबाटै पनि केही उपचार गर्न सकिन्छ ।

—     तिलको तेल र लसुनको तेल बराबर मात्रामा मिलाई लगाउनाले हड्डी दुख्न कम हुन्छ ।

—     कहिलेकाहीँ जोर्नीहरु छुट्टिएर जोडिँदा हड्डीहरु दुखेको अनुभव हुन्छ । त्यसैले आलस, मैदा, बेसार, सिंदुरलाई बराबर मात्रामा मिलाई पानीमा भिजाउनुहोस् र भिजिसकेपछि रुई अथवा कपासको सहाराले जहाँ दुखेको छ त्यहाँ लगाई नरम कपडाले बाँध्नाले (फुस्केको/छुट्टिएको/मच्चिएको) हड्डी जोडिन्छ ।

—     धतुरोको पातलाई आगोमा सेकाई घ्यू लगाएर दुखेको ठाउँमा बाँध्नाले हड्डी दुख्न छाड्छ ।

—     लसुनको खिर बनाई खानु हड्डी दुख्ने समस्या भएकाहरूलाई निकै लाभकर हुन्छ ।

—     गहुँको आटा घ्यूमा भुटी महसँग मिलाई खानाले हड्डी दुख्न छाड्छ ।

—     कुनै पनि प्रकारको चोट वा दुःखाई भएको बेलामा एक गिलास दूधमा ५ ग्राम फिटकिरी मिलाई खानु प्रभावकारी हुन्छ ।

—     क्याल्सियम तथा आइरनयुक्त खानाहरु खानु हड्डी सम्बन्धी रोगको लागि प्रभावकारी हुन्छ ।

साभार मेरो डाक्टरपुस्तकबाट

 

 

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  ६ : १० बजे

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र

विश्वप्रकाश आगामी चुनावमा नउठ्ने, भने : बाँचुञ्जेल क्षेत्र कब्जा गर्ने पक्षमा म छैन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी फागुन २१ मा

थाइल्यान्डले सीमा क्षेत्रमा मूर्ति हटायो

एजेन्सी– थाइल्यान्ड सरकारले आफ्नो सेनाले कम्बोडियासँगको विवादित सीमा क्षेत्रमा रहेको

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।