टेलिग्राममा नेपाली फिल्म पाइरेसी गरेको आरोपमा एक जना पक्राउ | Khabarhub Khabarhub

टेलिग्राममा नेपाली फिल्म पाइरेसी गरेको आरोपमा एक जना पक्राउ


१६ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अनाधिकृत रुपमा फिल्म पाईरेसी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा लमजुङ बेशीशहर नगरपालिका-२ बस्ने २५ वर्षीय सुजन परियारलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

थ्री सिक्टी वान डिग्री मिडिया प्रालिले सिनेमाघर एपको माध्यामबाट वितरण गरेका नेपाली कथानक चलचित्रहरु अपरिचित व्यक्तिले ईन्टरनेटको माध्यमबाट अनाधिकृत रुपमा सामाजिक संजाल यूट्युव टेलीग्राममा अपलोड गरी बजारमा बिक्री वितरण र प्रकाशन गरेको भन्ने उजुरीको आधारमा महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय लमजुङको समन्वयमा सुजनलाई पक्राउ गरेको हो ।

सुजन उपर प्रतिलिपी अधिकार ऐन अन्तर्गतको कसूरमा आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएकोमा जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई अनुसन्धान भईरहेको उक्त महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  ८ : ०८ बजे

सप्तकोसीमा जलसतह बढेपछि ३८ ढोका खोलियो

सुनसरी – सप्तकोसी नदीमा पानीको सतह लगातार बढ्दै गएपछि बाढीको

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल भदौ १७ गते मंगलबार । भाद्र

आज २०८२ साल भदौ १७ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ १७ गते मंगलबार ।

सोलुखुम्बुको थामेखोलाले पाँच घर बगायो

सोलुखुम्बु – सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामेखोलामा आएको बाढीले