प्रधानमन्त्री ओली आज दिनभर पोखरामा, पूर्वाधार शिलान्यासदेखि कार्यकर्ता प्रशिक्षणसम्मको कार्यतालिका « Khabarhub

प्रधानमन्त्री ओली आज दिनभर पोखरामा, पूर्वाधार शिलान्यासदेखि कार्यकर्ता प्रशिक्षणसम्मको कार्यतालिका


१७ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा जाँदैछन् ।

यसअघि शनिबारका लागि निर्धारण गरिएको प्रधानमन्त्री ओलीको कार्यक्रम तयारी नपुगेको भन्दै अन्तिम समयमा  स्थगित गरिएको थियो ।

मध्याह्न १२ बजेपछि पोखराका विभिन्न कार्यक्रममा व्यस्त हुने ओली यति एयरलाइन्सको विमानमार्फत विहान ११:४० बजे पोखरा पुग्नेछन् । त्यसपछि केहीबेर आराम गरेर उनले  गण्डकी प्रदेश सरकारले निर्माण गर्ने प्रदेश प्रशिक्षण प्रतिष्ठानको शिलान्यास गर्ने कार्यक्रम छ ।

पोखरा–१ नदीपुरमा बन्न लागेको प्रशिक्षण प्रतिष्ठान शिलान्यासपछि उनले १ बजे पोखरा सभागृहमा हुने गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्ने नेकपा ओली समूहका गण्डकी प्रदेश सहइञ्चार्ज किरण गुरूङले जानकारी दिए ।

कार्यकर्ता सम्बोधनपछि ओलीले पोखरा रंगशाला निरीक्षण गर्ने कार्यक्रम तय भएको छ । सो क्रममा उनले नवौं राष्ट्रिय खेलकुदको तयारीबारे पनि जानकारी लिनेछन् ।

२ बजेसम्म रंगशाला निरीक्षणको कार्यक्रम सकेर प्रदेशका पार्टीका शीर्ष नेताहरूसँग केहीबेर आन्तरिक छलफलपछि ओली आजै साँझ काठमाडौँ फर्कनेछन् ।

प्रतिनिधिसभा विघटनपछि चुनावी तयारी भन्दै देशदौडाहामा निस्किएका ओली फागुन ११ मा सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि विकास निर्माणका कामको शिलान्यास तथा उद्घाटनमा निस्किएका छन् ।

आइतबार ओलीले गृह जिल्ला झापाको आफ्नो निर्वाचन क्षेत्रमा पुगेर केही पूर्वाधारको शिलान्यास तथा उद्घाटन गरेका थिए ।

 

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  ८ : ११ बजे

आत्मदाह गरेका गणेशको परिवारलाई काठमाडौँ महागनरले रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने

काठमाडौँ । काठमाडौँ महानगसपालिकाले आत्मदाहपछि उपचारको क्रममा वीर अस्पतालमा ज्यान

९ कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ९ जना कन्सल्टेन्सी

तस्करीमा संलग्नलाई समात्न प्रहरीले चलायो गोली

काठमाडौँ । रुपन्देहीमा तस्करीमा संलग्नलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको

फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकार सम्पन्न निकाय आवश्यकः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक सुरक्षा, फुटपाथ

नेपालले घरेलु मैदानमा भारत ‘ए’सँग तीन खेलको टी–२० सिरिज खेल्ने

काठमाडौं – नेपालले यसै वर्ष घरेलु मैदानमा भारत ‘ए’ टोलीसँग