अमेरिकामा ५ लाख २५ हजार कोरोना संक्रमितको मृत्यु « Khabarhub

अमेरिकामा ५ लाख २५ हजार कोरोना संक्रमितको मृत्यु


१७ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या ५ लाख २५ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार २८३ संक्रमितको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको संख्या ५ लाख २५ हजार ७७६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ४९ हजार ४१२ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो ।

पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या २ करोड ९२ लाख नाघेको छ ।

संक्रमितमध्ये अहिलेसम्म १ करोड ९६ लाख ९४ हजार ३०६ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ९० लाख ३५ हजार २६२ जनामध्ये १४ हजार ७८६ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  ११ : ५० बजे

दुई हजारभन्दा बढी यमनी व्यक्ति शरण माग्दै जिबुटीमा

एडिस अबाबा – यमनमा इरान–समर्थित हुथी लडाकु र साउदी–समर्थित सरकारबीचको

एक करोड ३९ लाख ठगेको अभियोगमा पक्राउ

काठमाडौं – सुनजस्तो पहेँलो धातु देखाई रु एक करोड ३९

कन्काइ नगर अस्पताललाई स्वास्थ्य उपकरण प्रदान

झापा– कन्काइ नगर अस्पताललाई अन्तरराष्ट्रिय झापाली समाजले ३० लाख रुपैयाँ बराबरका

‘बेहुली’ : दिमाग घरमै छोडेर हेर्न जानुपर्ने फिल्म !

काठमाडौं- एक युवाले आफ्नी प्रेमिकालाई मण्डपबाटै भगाउँछ । पछि थाहा