१ लाख दिएर गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आफ्नो नामको कुर्सी राख्न पाइने « Khabarhub

१ लाख दिएर गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आफ्नो नामको कुर्सी राख्न पाइने


१७ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आफ्नो नामको कुर्सी राख्न पाइने भएको छ ।

धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको रंगशालाको प्यारापिटमा आफ्नो र आफ्नो परिवारको नाममा कुर्सी राख्न पाइने जनाएको हो ।

फाउण्डेशनले सोमबार पत्रकार सम्मेलन गर्दै ‘हाम्रो रंगशालामा मेरो कुर्सी’ अभियानको घोषणा गर्दै आफ्नो नामको कुर्सी राख्न पाइने जनाएको हो ।

आफ्नो या परिवारका सदस्यको नामको कुर्सी राख्न १ लाख फाउन्डेसनलाई सहयोग गर्नुपर्ने फाउन्डेसनले जनाएको छ ।

फाउण्डेशनले रंगशाला निर्माणका लागि आर्थिक रकम जुटाउन उक्त अभियान थालेको हो । यस अभियानबाट ३ अर्ब संकलन हुने अनुमान गरिएको फाउण्डेशनले जनाएको छ ।

त्यस्तै रंगशालाको हालसम्मको खर्च विवरण सार्वजनिक गरिएको छ । फाउन्डेशनले डीपीआर अनुसार रंगशाला निर्माणको कुल लागत ३ अर्ब ५५ करोड रहेको जनाएको छ ।

तर, २०७७ सम्ममा ३२ करोड ३० लाख २४ हजार ३ सय ५४ रुपैंया ८० पैसा मात्र आर्थिक संकलन भएको छ । जसमा ४३ करोड ४८ लाख ६ हजार ३ सय ८२ रुपैयाँ २३ पैसा खर्च भएको छ ।

रंगशाला निर्माणमा हालसम्म ११ करोड १७ लाख ८२ हजार २७ रुपैंया ४३ पैसा ऋण रहेको फाउन्डेशनले जानकारी दिएको छ ।

रंगशाला निर्माण कार्यमा मैदानको काम ८५ प्रतिशत सकिएको र प्याराफिट तर्फको काम ३० प्रतिशत काम सम्पन्न भएको फाउन्डेशका अध्यक्ष सीताराम कट्टेलको बताए ।

भरतपुर नगरपालिकाले उपलब्ध गराएको २० बिघा जग्गामा रंगशाला निर्माण भइरहेको छ । २०७५ साल माघ १६ गते महानगर र फाउण्डेशनबीच सम्झौता भएपछि रंगशाला निर्माण अघि बढेको थियो ।

रंगशाला नेपालको मौलिकता झल्कने गरी कमलको फूलको आकारमा निर्माण गरिनेछ । रंगशाला ३० हजार दर्शक क्षमताको हुनेछ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  ५ : ०३ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले