मगर स्थापना दिवसमा वृत्तचित्र ‘मगरको चिनारी’ प्रदर्शन | Khabarhub Khabarhub

मगर स्थापना दिवसमा वृत्तचित्र ‘मगरको चिनारी’ प्रदर्शन


१७ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मगर जातिको भाषा, धर्म, संस्कार संस्कृति तथा इतिहासलाई समेटेर निर्माण गरिएको वृत्तचित्र ‘मगरको चिनारी’ प्रदर्शन गरिएको छ ।

३९ औँ मगर स्थापना दिवसको अवसरमा नेपाल मगर संघ, रामेछाप नगर समितिको आयोजनामा रामेछाप नगरपालिकामा उक्त वृत्तचित्र प्रदर्शन गरिएको हो ।

वृत्तचित्रको विमोचन तथा प्रदर्शन कार्यक्रमको उद्घाटन रामेछाप नगरपालिकाका प्रमुख नरबहादुर थापामगरले गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख थापामगरले आदिवासी, जनजातिहरुको भाषा, धर्म, संस्कृति जगेर्ना गर्न स्थानीय तहले पनि विशेष ध्यान दिँदै आएको बताए । उनले मगर जातिको धर्म, संस्कार, संस्कृति जगेर्नाका लागि नगरपालिकाले विभिन्न कार्यक्रम गर्न सहयोग गर्दै आएको जानकारी दिए ।

मगर जातिको इतिहास, भाषा, धर्म र संस्कार संस्कृतिलाई जर्गेना गर्ने तथा प्रसारप्रचार गर्ने उद्देश्यले वृत्तचित्र निर्माण गरिएको रामेछाप नगर समितिका अध्यक्ष राजुकुमार मगरले जानकारी दिए ।

वृत्तचित्रलाई कमल ऐक्चै मगरले निर्देशन गरेका हुन् भने लेखन तथा उद्घोषण कमल रानाले गरेका छन् । वृत्तचित्रलाई चक्र महर्जनले खिचेका हुन् ।

कार्यक्रममा वृत्तचित्र निर्माणका निर्देशक कमल एक्चै मगर, लेखक तथा उद्घोषक कमल राना, क्यामेरामेन चक्र महर्जन, निर्माणमा सहयोगी भूमिका निर्वाह गर्ने नगर समितिका अध्यक्ष राजुकुमार मगरलगायतलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  १० : २८ बजे

पर्यटकीय सम्भावनाको केन्द्र दाङको राजाकोट

दाङ– दाङको दङ्गीशरण गाउँपालिका–२ स्थित राजाकोट पछिल्लो समय पर्यटकको आकर्षण

कुलमानको एक्सन : सडक र पुलका थप ५० वटा ठेक्का तोड्न सार्वजनिक सूचना

काठमाडौं – सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी

व्यावसायिक एभोकाडोखेतीबाट मनग्य आम्दानी

भोजपुर- भोजपुरकाे हतुवागढी–५ होम्ताङमा ७१ वर्षीय सकतबहादुर राईले एभोकाडोको व्यावसायिक

नारायणहिटी दरबार सङ्ग्रहालय अगाडि काग सम्मेलन

काठमाडौं – काग तिहारका अवसरमा कलाकार रमेश दुलाल ‘कागे’ले राजधानीको

चार प्रमाणले सहजै हुन्छ जग्गाको स्रेस्ता कायम, सूचनाको अपव्याख्या नगर्न आग्रह

भू-अभिलेख तथा श्रेस्ता व्यवस्थित गरेर जग्गाधनीको हक संरक्षण गर्ने मुख्य