सरकारका योजनाबारे राम्रोसँग बुझेपछि मात्रै आलोचना गर्नुस्– मन्त्री बाँस्कोटा « Khabarhub

सरकारका योजनाबारे राम्रोसँग बुझेपछि मात्रै आलोचना गर्नुस्– मन्त्री बाँस्कोटा


१४ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विकासका समाचार नसमेट्ने टेलिभिजन र मोबाइलबाट सामाजिक सञ्जालमा विकृती फैलाएको मात्र हेर्नेहरु ‘पिँजडाका चरी’ बन्ने बताएका छन् ।

काभ्रेपलाञ्चोकका सहकारी अभियन्ता दिलीप शर्माद्वारा लिखित ‘सहकारीको सारथी’ नामक पुस्तक शनिवार विमोचन गर्दै मन्त्री बाँस्कोटाले भने, “विकास हेर्ने दिमाग बक्समा सीमित पारेर संकुचित बन्नु हुन्न, पहिला बक्सबाट दिमाग निकाल्नुस् अनि विकास हेर्न राजमार्ग र गाउँगाउँमा दौडनुस् । टेलिभिजन र मोबाइलमा कोकोहोलो मच्चाउनेको दिमाग ‘बक्सदेखि बक्ससम्म’ मात्रै हुन्छ, त्यस्ता क्रियाकलाप हेरेर पिँजडाका चरी नहुनोस् ।”

“सरकारको चालू योजना र निकट भविष्यका योजनाबारे राम्रोसँग बुझेपछि मात्रै आलोचना गर्नुस्”, मन्त्री बाँस्कोटाले भने, “सकारात्मक सोच र चिन्तनले मात्रै सही दृष्टि बन्छ, अब दृष्टि बदल्नु जरुरी छ ।” मन्त्री बाँस्कोटाले सरकारले विद्यालय पुनःनिर्माणको कामलाई तीव्रता दिइरहेको बताए ।

मन्त्री बाँस्कोटाले अधिकांश सञ्चार माध्यमले विकासका कामलाई प्रकाशन प्रसारण गर्न कञ्जुस्याइँ गरेको आरोप लगाए । मन्त्री बाँस्कोटाले वर्तमान अवस्थामा ५२ प्रतिशत नेपालीमा श्रमशक्ति भएकाले समृद्धिको अभियानमा अवसर भएको बताए । “यो श्रमशक्ति सधैँभरि रहन सक्दैन, यही अवसरमा इच्छा शक्तिमार्फत उत्पादनतर्फ लाग्नुपर्छ”, उनले भने। उत्पादन र समृद्धिको सम्बन्ध क्रान्तिकारी ढङ्गले अघि बढाउनुपर्ने उनको भनाइ थियो ।

बनेपा नगरपालिकाका प्रमुख लक्ष्मीनरसिंह वादेले स्थानीय तहले सहकारीलाई सूचीकृत गर्दै उनीहरुको गतिविधि नियमितरुपमा अनुगमन गर्नुपर्ने आवश्यकता औँल्याए ।

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेतीले बैंकमा ११ हजार सहकारी आबद्ध भएको जानकारी दिँदै देशका करीब ३५ हजार सहकारीमध्ये १३० वटामा समस्या आएकाले क्रमैसँग समाधान गर्दै जाने बताए।

प्रकाशित मिति : १४ बैशाख २०७६, शनिबार  ८ : १० बजे

ककरोचको आन्दोलन चर्किएपछि पश्चिम बंगालबाट २ हजार सीआरपीएफ जवान दिल्लीमा उतारियो

काठमाडौं- भारतको राजधानी दिल्लीमा कक्रोच जनता पार्टी (सीजेपी) को आन्दोलन

नसीरुद्दीन शाहको कडा प्रतिक्रिया : म आक्रोशले उम्लिरहेको छु, सबै याद राखिनेछ

काठमाडौं- दिल्लीको जन्तर–मन्तरमा नीट युजी २०२६ प्रश्नपत्र चुहावटको विरोधमा प्रदर्शन

सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा विनियोजित बजेटको

कालो पोसाकमा संसद् पुगे भारतका विपक्षी, पेपर लिक र विद्यार्थीमाथिको दमनविरुद्ध प्रदर्शन

काठमाडौं- भारतीय संसद्को मनसुन अधिवेशनका क्रममा बुधबार विपक्षी दलका सांसदहरूले

‘गुट होइन, क्षमता र योगदानका आधारमा कांग्रेस अघि बढ्नुपर्छ’

काठमाडौं– नेपाली कांग्रेसले बुधबार संस्थापक नेता बीपी कोइरालाको स्मृति दिवस