ताप्लेजुङ दोभान बजारमा आगलागी हुँदा ३५ घर जलेर नष्ट « Khabarhub

ताप्लेजुङ दोभान बजारमा आगलागी हुँदा ३५ घर जलेर नष्ट


१८ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– ताप्लेजुङको मेरिङ्देन गाउँपालिका-३ तथा जिल्लाकै दोस्रो ठूलो बजार दोभान बजारमा आगलागी भइरहेको छ ।

आज बिहान १० बजे भोला पौडेलका घरबाट विद्युत् चुहिएर आगलागी भएको स्थानीयवासी गणेश कार्कीले बताए ।

दोभान बजारमा अहिले ३५ घर जलेर पूरै नष्ट भइसकेको जनाइएको छ । उनले भने, “आगो नियन्त्रणभन्दा बाहिर गइसक्यो, केही घर भत्काएर अग्निरेखा कोर्ने काम गर्दै छौँ ।”

ताप्लेजुङको दमकल आगलागी क्षेत्रमा पुगेको र छिमेकी जिल्ला पाँचथरदेखि पनि आउँदै गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख बालरनसिंह राणाले जानकारी दिए । उनले भने, “म पनि आगलागी क्षेत्रमा जाँदै छु । आगलागी भीषण छ भन्ने खबर आएको छ ।”

सुरक्षाकर्मी र स्थानीयवासीले आगो नियन्त्रण गर्ने पहल गरिरहेको कार्कीले जानकारी दिए । रासस

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलबार  ११ : ११ बजे

सेनाद्वारा रक्षा संवाददाता अभिमुखीकरण सम्पन्न

काठमाडौं- यही वैशाख २८ गतेदेखि नेपाली सेनाको भद्रकालीस्थित जङ्गी अड्डामा

सरकारले लहड र सनकका भरमा निजी क्षेत्रमाथि धरपकड गर्‍यो : थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले निजी क्षेत्रमाथि गरिरहेको

क्रियाशील सदस्यता अद्यावधिक गर्दै कांग्रेस, तल्लो तहका सदस्यका समस्या समाधानमा जोड

गण्डकी– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको तल्लो तहमा सक्रिय

सीसँगको वार्ता अत्यन्त सकारात्मक र फलदायी : ट्रम्प

बेइजिङ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ समकक्षी सी चिनफिङसँगको

‘पुँजीगत खर्चको एक प्रतिशत ‘अनुसन्धान र विकास’मा छुट्याउनुपर्छ’

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा स्वतन्त्र सांसद महावीर पुनले पुँजीगत खर्चको