चर्चित अमेरिकी अभिनेताले गाडी पार्क गर्न झगडा गरेपछि… « Khabarhub

चर्चित अमेरिकी अभिनेताले गाडी पार्क गर्न झगडा गरेपछि…


१४ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लस एन्जल्स– रेम्बो चलचित्रमा मुख्य भूमिकामा रहेका हलिउड सुपस्टार सेल्भिष्टर स्टालोन गाडी पार्किङ्गको विषयमा एकजना महिलासँग चर्को वादविवादमा उत्रिएका छन् ।

शुक्रबार क्यालिफोर्निया राज्यको लस एन्जल्स शहरमा स्टालोनले पार्क गर्न चाहेको स्थानमा अर्कैं महिलाले लगेर गाडी पार्क गरेपछि रिसले मुर्मुरिएका स्टालोन ती महिलासँग सिधैं विवादमा उत्रिएका हुन् ।

आफूले पार्क गर्न चाहेको स्थानमा अर्कैले गाडी पार्क गरेको थाहा पाएर स्टालोन दायाँ बायाँ नहेरी सिधै त्यस गाडी नजिक गएर चर्को स्वरमा कराएका थिए । त्यसपछि गाडी पार्क गर्ने ती महिलाका निजी ड्राइभरसँग उनको भनाभन समेत भएको थियो ।

त्यसपछि ती महिलाले खैरो रंगको ट्राकसुटमा वलिष्ठ देखिएका स्टालोनसँग बहस गर्न नसकेर हिड्नु परेको हलिउडका समाचारमा आएका छन् । त्यसपछि स्टालोनले आफ्नो मर्सिडिज कार आफूले चाहेको ठाउँमा लगेर पार्क गरेका थिए ।

हलिउडको निकै नै लोकप्रिय रेम्बो चलचित्र सिरिजको मुख्य भूमिकामा रहेका स्टालोनको चलचित्र रेम्बोको अन्तिम पार्ट रेम्बो ः द लाष्ट ब्लड आगामी सेप्टेम्बर २० मा रिलिज हुँदैछ ।

उनी सर्वप्रथम सन् १९८२ मा रेम्बो चलचित्रको पहिलो पार्ट रेम्बो ः फष्ट ब्लडमा जोन रेम्बोको भूमिकामा देखिएका थिए ।

प्रकाशित मिति : १४ बैशाख २०७६, शनिबार  ७ : ४४ बजे

भोटेकोशी बाढीबाट जनधनको क्षतिप्रति भारतद्वारा दु:ख व्यक्त

काठमाडौं- गत भदौ १० गते बुधबार रसुवास्थित भोटेकोशी नदीमा आएको

विश्वसँग दान र सहयोग होइन, क्षतिपूर्ति मागौं : वातावरण कानुनका ज्ञाता श्रेष्ठ

काठमाडौं- नेपालले लामो समयदेखि भोगिरहेको जलवायु परिवर्तनको असरसम्बन्धी कानुनी लडाईमा

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सम्झनामा पर्यटन बोर्डमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान

रूसको उत्तरी क्षेत्रमा हिमपहिरो : ११ जनाको मृत्यु, छ बेपत्ता

मस्को-  रुसको उत्तरी काकेसस क्षेत्रमा रहेको काबार्दिनो–बाल्कारिया गणतन्त्रमा हिमपहिरोमा परी ११

भोटेकोशी बाढी पीडितका लागि राहत र पुन:र्निर्माण प्रभावकारी बनाउन सरकारसँग ओलीको माग

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशीमा आएको विनाशकारी