२१ पटक सगरमाथा आरोहणको कीर्तिमान राखेका फुर्बा भन्छन्– सगरमाथा चढ्न भन्दा फर्कन कठिन | Khabarhub Khabarhub

२१ पटक सगरमाथा आरोहणको कीर्तिमान राखेका फुर्बा भन्छन्– सगरमाथा चढ्न भन्दा फर्कन कठिन


१४ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हालसम्म २१ पटक सगरमाथाको आरोहण गरेका ४८ वर्षीय फुर्बा टासी शेर्पाको नाममा विश्वको सर्वोच्च शिखरको सबैभन्दा धेरै पटक आरोहण गर्ने व्यक्तिको कीर्तिमान छ ।

२८ वर्षको उमेरमा पहिलोपटक सगरमाथाको शिखरमा पुगेका उनले कुनै बेला त एकै सिजनमा तीन पटकसम्म सगरमाथा चढेका थिए ।

‘मेरा लागि यस्ता रेकर्डले केही महत्व राख्दैनन् ।’ ८ हजार मिटर उचाईका हिमालको सबैभन्दा धेरैपटक आरोहण गर्ने कीर्तिमान समेत बनाएका उनी भन्छन्, ‘सगरमाथाको उचाईमा पुग्न सहज छ, तर त्यहाँबाट कसरी सुरक्षित रुपमा तल ओर्लिने भन्ने चाहीँ चिन्ता हुने गर्छ ।’

उनले ८ हजार मिटर उचाइका हिमालहरु कीर्तिमानी ३० पटकसम्म आरोहण गरिसकेका छन् । उनले सगरमाथाको मात्रै २१ पटक, चो ओयु हिमालको ५ पटक, मनास्लुको दुई पटक, शिशापाङ्गा र ल्होत्सेको एक–एक पटक आरोहण गरिसकेका छन् ।

उनलाई डिस्कभरी च्यानलले सन् २००९ मा ‘एभरेष्ट बियण्ड द लिमिट’ नामक सिरिजमा समेत फिचर गरिसकेको छ । त्यस्तै सन् २०१४ मा सगरमाथामा गएको हिमपहिरोबारे सन् २०१५ मा खिचिएको शेर्पा नामक डकुमेन्ट्रीमा पनि उनी मुख्य भूमिकामा छन् ।

२१ पटकसम्म सगरमाथाको आरोहण गरिसकेका उनी सन् २००७ को सिजनमा मात्रै तीन पटक सगरमाथाको शिखरमा पुगेका थिए । सन् २०१४ को अप्रिल १८ मा सगरमाथाको खुम्बु हिमझरना क्षेत्रमा आएको हिमपहिरोमा १६ जना शेर्पाले ज्यान गुमाएका थिए । सोही हिम पहिरोपछि उनले पर्वतारोहणबाट सन्यास लिएका थिए ।

हाल उनी सोलुखुम्बु जिल्लाको खुम्जुङ गाउँपालिकामा श्रिमती र ५ छोराछोरीसँग बसोबास गर्दै आएका छन् ।

उनले सगरमाथा आरोहण गरेका मिति
मे २४, १९९९
मे २७, २००१
मे १७, २००२
मे २५, २००२
सेप्टेम्बर ८, २००२
मे २२, २००३
मे ३१, २००३
मे २३, २००४
जुन ४, २००५
अप्रिल ३०, २००६
अप्रिल ३०, २००७
मे १५, २००७
जुन १४, २००७
मे ५, २००९
मे २१, २००९
मे ५, २०१०
मे २२, २०१०
मे ५, २०११
मे २०, २०११
मे १०, २०१३
मे २४, २०१३

प्रकाशित मिति : १४ बैशाख २०७६, शनिबार  ८ : १५ बजे

संसद्को अवरोध हटाउने प्रयास : सभामुखले बोलाए सचेतकको बैठक

काठमाडौं – सभामुख देवराज घिमिरेले अवरुद्ध प्रतिनिधि सभा खुलाउन छलफल

गाजाको राहत वितरणमा लुटपाट र अराजकता : हवाई आक्रमणमा सात सुरक्षाकर्मीको मृत्यु

इजरायल – उत्तरी गाजाका धेरै सहरमा पुगेका राहत पर्याप्त नभएपछि

महिला सशक्तीकरणका लागि आर्थिक स्वतन्त्रता अनिवार्य हुनुपर्छ : उपराष्ट्रपति

काठमाडौं – उपराष्ट्रपति रामसहायप्रसाद यादवले महिला सशक्तीकरणका लागि आर्थिक स्वतन्त्रता

शुक्रबारका लागि सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

काठमाडौं – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

राजविराज बसपार्क ३८ वर्षपछि सञ्चालनमा

राजविराज – राजविराज बसपार्क ३८ वर्षपछि सञ्चालनमा आएको छ। बसपार्कको