बालबालिकाको प्रतिभा खोज्न ‘लिटिल प्रिन्स एण्ड प्रिन्सेस’ « Khabarhub

बालबालिकाको प्रतिभा खोज्न ‘लिटिल प्रिन्स एण्ड प्रिन्सेस’


१९ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विद्यालयस्तरबाटै बालबालिकाको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले ‘लिटिल प्रिन्स एण्ड प्रिन्सेस २०२१’ को आयोजना हुने भएको छ ।

भक्तपुर निस्ट स्कुल तथा इनोभेसन इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजना हुने प्रतियोगितामा ५ दखि ९ वर्षको छात्र र छात्राले प्रतिस्पर्धा गर्न पाउनेछन् ।

भक्तपुर निस्ट स्कुलका प्रधानाध्यापक दीलिप रानाले विद्यार्थीलाई पढाइ भन्दा पनि अतिरिक्त प्रतिभाको पनि आवश्यकता पर्ने भएकाले उनीहरुलाई त्यो आवश्यकता विद्यालयबाटै प्रदान गर्नुपर्ने बताए ।

रानाले प्रतियोगितामा बालबालिकाको आत्मविश्वासलाई बढाउने, समाजमा सबैलाई कसरी सम्मान गर्ने तथा व्यक्तित्व विकासका कुरा सिकाउनुको साथै नृत्य, गायन, कला जस्ता कुराहरुपनि सिकाइने बताए ।

प्रतियोगिताका सह–संयोजक विमला श्रेष्ठले प्रथम चरण (अडिसन) सम्पन्न भइसकेको जानकारी दिदै दोस्रो चरणको अडिसन यहि शनिबार हुने बताइन् ।

उनले पहिलो चरणमा ७० जना बालबालिकालाई छनोट गरिसकेको पनि बताउदै अन्तिम प्रतिस्पर्धामा ५० जना लाई सहभागिता गराउने जनाइन् ।

संयोजक खुस्बु खरेलले राजधानीका ५ देखि ९ वर्षको बालबालिकाले सहभागिता जनाउन पाउने जानकारी दिइन् । उनले पाँच देखि सात तथा आठ देखि नौ वर्षको बालबालिका गरि दुई समुहमा विभाजन गरि प्रतियोगिता गराइने प्रष्ट्याइन् ।

चैत १४ गते जमलस्थित नाचघरमा हुने अन्तिम प्रतिस्पर्धामा शिर्ष विजेताले ताज सहित विभिन्न पुरस्कार प्राप्त गर्न सकिने भएको छ भने अन्य प्रतिस्पर्धी सबैलाई विभिन्न उपहार प्रदान गरिने आयोजकले जनाइएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  १ : ३० बजे

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम

राज कपूरसँग चर्चा चलिरहँदा वैजयन्तीमालाकाे अर्कै व्यक्तिसँग प्रेम

एकातिर भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको चमक, अर्कोतिर राज कपूरसँग

बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा– बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी

मिथिला क्षेत्रमा आज मधुश्रावणी पर्व समापन गरिँदै

महोत्तरी– मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन्