एजुकेसन एण्ड माइग्रेसन कर्नरमा सुन्दरीको कैँची « Khabarhub

एजुकेसन एण्ड माइग्रेसन कर्नरमा सुन्दरीको कैँची


१९ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अभिनेत्री उपासना सिंह ठकुरीले एजुकेसन एण्ड माइग्रेसन कर्नरको नयाँ शाखाको उद्घाटन गरेकी छन् । ठकुरी कर्नरको ब्राण्ड एम्बासडर हुन् ।

काठमाडौको नयाँ बानेश्वरमा रहेको नयाँ शाखाको उपासनासहित ‘मिस सुप्रा नेशनल २०२०’ सिमल कनौजिया र ‘मिस ग्राण्ड नेपाल २०१९’ निशा पाठकले उद्घाटन गरेका हुन् ।

उपासनाले लामो समयदेखि शिक्षा क्षेत्रमा आबद्ध एजुकेसन एण्ड माइग्रेसन कर्नरसँग जोडिन पाएकोमा प्रसन्नता व्यक्त गरिन । ‘यो सस्थाको विगतको कार्य नयाँ सोच सही लागेर मैले ब्राण्ड एम्बासडरका रुपमा काम गर्ने सहमति जनाएको हुँ’, उनले भनिन् ।

सस्थाका प्रमुख सुनील उप्रेतीले पछिल्लो समय यूबा दर्शकहरू माझ राम्रो क्रेज बनाउन सफल उपासना सिंह ठकुरीलाई ब्राण्ड एम्बासडरका रुपमा छनोट गर्न पाएकोमा खुशी लागेको बताए ।

कार्यक्रममा ‘मिस ग्राण्ड नेपाल २०१९’ निशा पाठक, ‘मिस सुप्रा नेशनल २०२०’ सिमल कनौजिया र ‘मिस पर्पोज २०१९’ विजेता निकिता कर्माचार्यले सस्थाको सफलताको बारेमा शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रममा संस्थाका नवराज प्रसाई, नितेश उप्रेती र ईश्वरराज मैनालीले आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  ५ : ४७ बजे

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै

चुनावअघि महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

१० पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल