म्यान्मारमा सेनाले गोली चलाउँदा ३८ प्रदर्शनकारीको मृत्यु | Khabarhub Khabarhub

म्यान्मारमा सेनाले गोली चलाउँदा ३८ प्रदर्शनकारीको मृत्यु

म्यान्मारविरूद्ध थप कदम चाल्ने अमेरिका र बेलायतको चेतावनी


२० फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सैन्य ‘कु’ विरूद्ध आन्दोलित सर्वसाधारणमाथि म्यान्मारको सेनाले चलाएको गोली लागेर कम्तीमा ३८ जनाको मृत्यु भएको छ ।

म्यान्मारको सेनाले बुधवार सैनिक कूविरुद्ध प्रदर्शनमा उत्रिएका सर्वसाधारणमाथि ‘बिना चेतावनी’ गोली चलाउँदा कम्तीमा ३८ जना मारिएको बीबीसीले जनाएको छ ।

सुरक्षा फौजले विभिन्न शहरहरूमा ठूलो सङ्ख्यामा भेला भएका प्रदर्शनकारीहरूमाथि गोली चलाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

म्यान्मारका छिमेकी मुलुकहरूले संयम अपनाउन त्यहाँको सेनालाई आग्रह गरेको भोलिपल्टै सेनाले अन्धाधुन्ध गोली प्रहार गरेको हो । बुधबारको घटनामा १४ देखि १७ वर्षका किशोर किशोरीको पनि मृत्यु भएको सेभ द चिल्ड्रेनले जनाएको छ ।

तस्वीर : स्काई न्यूज

संयुक्त राष्ट्रसङ्घले बुधबारको घटनालाई सेनाले सत्ता हातमा लिएयताकै ‘रक्तपातपूर्ण’ दिनको रूपमा अर्थ्याएको छ ।

म्यान्मारका लागि राष्ट्रसङ्घीय दूत क्रिस्टिन श्नारन बूर्गनरले निकै भयावह दृश्य देखिएको बताएकी छन् ।

सेनाले शासन सम्हालेयता कम्तीमा ५० जना मारिएको र कैयौँ घाइते भएको उनले बताइन् ।

सुरक्षा परिषदको बैठक बस्दै

म्यान्मारमा सेनाले सर्वसाधारणमाथि दमन गर्न थालेपछि यसबारे छलफल गर्न संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको बैठक बस्दैछ ।

बैठकमा म्यान्मारको अवस्था र आगामी कदमबारे छलफल हुनेछ ।

बुधवारको घटनापछि अमेरिकाले म्यान्मारको सेनाविरूद्ध थप कदम चाल्ने चेतावनी दिएको छ ।

बेलायतले राष्ट्रसङ्घीय सुरक्षा परिषद्को बैठकमार्फत कडा कदम चाल्नु पर्ने बताएको छ ।

अन्तर्राष्ट्रिय समुदायको चेतावनीलाई बेवास्ता गर्दै सेनाले प्रदर्शनविरूद्ध दमन तीब्र पारेको छ । सेनाले बाह्य प्रतिबन्धहरूको सामना गर्न तयार रहेको पनि बताएको बीबीसीले जनाएको छ ।

गत फेब्रुअरी १ मा सेनाले सत्ता हातमा लिएर संकटकाल लगाए पनि म्यान्मारभरी सामूहिक प्रदर्शन जारी छन् ।

प्रदर्शनकारीहरूले सेनाले सत्ता हातमा लिएपछि नियन्त्रणमा लिइएकी नेत्री आङ सान सू चीसहित निर्वाचित सरकारका नेताहरूलाई रिहाइ र  सैनिक शासनको अन्त्यको माग गरिरहेका छन् ।

तस्वीर : स्काई न्यूज

गत नोभेम्बर महिनामा भएको चुनावमा धाँधली भएको भन्दै त्यहाँको सेनाले  शक्ति हातमा लिएको हो । सो चुनावमा सू चीको दल न्याश्नल डेमोक्र्याटिक पार्टी बिजयी भएको थियो ।

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहीबार  ७ : १३ बजे

इजरायली राष्ट्रपतिसँग विपिन जोशीकी आमा र बहिनीको भेट, रिहाइका लागि पहल गरिदिन आग्रह

काठमाडौं – हमासको अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको खोजीका

‘ज्याप ईभी’ भाडा सेवा: महिलामैत्री र हरित सवारीतर्फ महत्वपूर्ण कदम

काठमाडौं – काठमाडौंले दिगो शहरी यातायाततर्फ एक महत्वपूर्ण कदम चालेको

समाजवादउन्मुख अर्थतन्त्रको विकासले सामाजिक विभेदको अन्त्य गर्छः माधव नेपाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले

ट्राफिक प्रहरीद्वारा ४१ सवारीसाधन सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न स्थान र

ट्रम्पलाई भेट्न जेलेन्स्कीसँगै युरोपेली नेताको जम्बो टोली अमेरिका जाँदै, होला सम्झौता ?

काठमाडौँ– अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न युक्रेनी राष्ट्रपति भोलोदिमिर