पूर्वाधार कम्पनी नहुँदा इन्टरनेटको मूल्य बढ्यो : मन्त्री गुरुङ | Khabarhub Khabarhub

पूर्वाधार कम्पनी नहुँदा इन्टरनेटको मूल्य बढ्यो : मन्त्री गुरुङ


२० फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पूर्वाधार कम्पनी नहुँदा इन्टरनेटको मूल्य बढेको बताएका छन् ।

दूरसञ्चार प्राधिकरण स्थापनाको २३ वर्ष पुगेको अवसरमा बिहीबार आयोजित कार्यक्रममा मन्त्री गुरुङले पूर्वाधार कम्पनी तत्कालै आवश्यक भएको बताएका हुन् ।

उनले लामो समयदेखि दूरसञ्चार सहप्रयोग चर्चाको विषय बन्दै आएको भएतापनि कायान्वयनमा नआउँदा नेपालको इन्टनेट सेवा नै महंगो भएको बताए । उनले ग्रामिण दूरसञ्चार विकास कोषको रकम पनि ग्रामिण क्षेत्रमा भन्दा पनि सहरी क्षेत्रमा प्रयोग हुँदा पनि इन्टरनेटको मुल्यमा असर परिरहेको गुनासो गरेका छन् ।

हाल एउटै कम्पनीले पूर्वाधार निर्माण र सेवा प्रवाह गर्दै आएको छ । यसले दूरसञ्चार सेवा प्रभावकारी नभएको निष्कर्षसहित सरकारले दूरसञ्चार पूर्वाधार सम्बन्धी नियमावली, २०७४ जारी गरेको थियो ।

जसमा दूरसञ्चार सहप्रयोगका लागि दुई छुट्टै कम्पनी ल्याउने र उक्त कम्पनीलाई नेटवर्क विस्तारको काम गर्ने गरी जिम्मा दिने भनी उल्लेख गरिएको छ ।

तर, मन्त्री गुरुङले भने एउटै कम्पनी त्यो पनि नेपाल टेलिकमको नेत्रित्वमा ल्याउने आसय कार्यक्रममा व्यक्त गरेका छन् । ‘सरकारले एउटा बनाउन खोजको छ,’ मन्त्री गुरुङले भने, ‘तर निजी सेवा प्रदायकले दुई ओटा बनाउनु पर्ने माग गरिरहेका छन् । त्यसैले यसमा आवश्यक छलफल गरी चाँडै प्रक्रिया अघि बढाइने छ ।’

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहीबार  १ : ३३ बजे

अस्ट्रेलियासँग भारतको लज्जास्पद हार : कोहली दुवै खेलमा फ्लप, गिल पनि कप्तानीमा असफल

नयाँदिल्ली- अस्ट्रेलिया भ्रमणमा पुगेको भारतीय टोलीले वान डे सिरिज गुमाइसकेको

जहाजबाट हेर्दा हाँसिरहेका हिमशृङ्खला (तस्बिरहरू)  

काठमाडौं– सफा मौसममा काठमाडौंदेखि धनगढीको यात्रा गर्नु भनेको केवल बाटो

प्रतापसँग भाइटीकापछि एलिना भन्छिन्- दाजुबहिनी हो भनेर पनि प्रमाणित गर्नुपर्ने हाम्रो समाज

काठमाडौं- गायिका एलिना चौहान र गायक प्रताप दासको सम्बन्धलाई लिएर

पर्वतमा ६५ करोडको कृषिजन्य वस्तुको कारोबार

पर्वत– खाद्यान्न र तरकारीमा आत्मनिर्भर बन्दै गएको पर्वतमा कृषिजन्य वस्तुको

जिप दुर्घटनामा एक जनाको मृत्यु

दार्चुला– मार्मा गाउँपालिका–३ दानीखेतमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु