बिहीबार ९० अंकले बढ्यो नेप्से, निफ्राको ५३ करोडको कारोबार « Khabarhub

बिहीबार ९० अंकले बढ्यो नेप्से, निफ्राको ५३ करोडको कारोबार


२० फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ९०.६७ अंक अर्थात् ३.७५ प्रतिशतले बढेको छ । सेयर मूल्य मापन गर्ने नेप्से परिसूचक बिहीबार २,५०६.६८ बिन्दूमा पुगेको छ ।

नेप्सेका सूचीकृत ‘क’ वर्गका कम्पनीहरूको सेयर मूल्य बिहीबार उल्लेख्य बढेपछि बजार उकालो लागेर पुनः २,५०० बिन्दूको थ्रेसहोल्ड पार गरेको हो । बजार २,४०० बिन्दूको आसपासमा आएपछि भने बिहीबार सेयर बजारमा पुनः खरिदको चाप परेको छ । ‘क’ वर्गका कम्पनीहरूको सेयर मूल्य मापन गर्ने सेन्सेटिभ इण्डेक्स ३.३६ प्रतिशत अर्थात् १४.६७ ले बढेको छ ।

आज नेप्सेका सबै समूहका परिसूचक उकालो लागेपछि सेयर बजारमा हरियाली छाएको छ । बिहीबार पनि अन्य समूहमा सूचीकृत नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को ११ हजार सात सय ९५ वटा कारोबारबाट ५३ करोड २३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

सूर्योदय लघुवित्त वित्तीय संस्था, लिबर्टी इनर्जी लिमिटेड र चन्द्रागिरी हिल्सको सेयर मूल्यमा आज सर्किट ब्रेकर लागेको छ ।

बिहीबार नेप्सेमा २०६ कम्पनीको ६ अर्ब ५ करोड ८१ लाख रुपैयाँ मूल्यका ६५ हजार एक सय ७४ कारोबारबाट १ करोड ६६ लाख २२ हजार सात सय ६३ कित्ता सेयर खरिदबिक्री भएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहीबार  ४ : २५ बजे

तनहुँमा मिनी बसको ठक्करबाट वृद्धको मृत्यु

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा मिनी बसको ठक्ककरबाट

एसइई ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि

भक्तपुर – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा

म्याग्दीको धवलागिरिमा धमाधम योजना कार्यान्वयन

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ मा

एसइईमा कामपाका ७६.७५ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’

काठमाडाैं – काठमाडाैं महानगरपालिकाभित्रका सामुदायिक विद्यालयहरूमध्ये चार वटा शत्प्रतिशत नतिजासहित

युद्ध क्षेत्रको दायरा विस्तार गरेको इरानी सेनाको दाबी

तेहरान – इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी)ले रणनीतिक रूपमा