‘नेपाल म्युजिक एण्ड फेशन अवार्ड’को फारम खुला « Khabarhub

‘नेपाल म्युजिक एण्ड फेशन अवार्ड’को फारम खुला


२१ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली गीत, संगीत र पहिरनलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘नेपाल म्युजिक एण्ड फेशन अवार्ड २०२१’ हुने भएको छ । यो अवार्डलाई स्टार वान इन्टरटेनमेन्टले आयोजना गर्न लागेको हो ।

अवार्डको मनोनयन चैतको अन्तिम सातामा सार्वजनिक गरेर वैशाखको पहिलो साता यो अवार्ड प्रदान गरिनेछ । जसका लागि १५ चैतसम्म फारम भरिसक्नु पर्ने आयोजक पक्षले जनाएको छ ।

अवार्डमा सहभागी हुने गीत, संगीत तथा फेसन कार्यक्रम गत १६ फेब्रुअरी २०१९ देखि १५ फेब्रुअरी २०२१ सम्म सम्पन्न तथा रिलिज भएको हुनुपर्नेको शर्त छ ।

गएको एक वर्ष कोभिड १९ का कारण सन २०२० मा यो अवार्ड आयोजना गर्न नसकिएकाले पनि सो वर्षको अवार्डलाई गाभेर ‘नेपाल म्युजिक एन्ड फेसन अवार्ड २०२१’ गर्न लागिएको कार्यक्रम निर्देशक बालकृष्ण पोखरेलले बताएका छन् ।

अवार्डमा संगीत, मोडलिङ र फेशनमा आजीवन योगदान दिएकाहरुलाई आजीवन योगदान सम्मान प्रदान गरिनेछ । यस्तै एकजना कला पत्रकारलाई पुरस्कारका साथै अन्य कला पत्रकारलाई सम्मान पनि गरिनेछ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  १२ : २० बजे

पच्चीस लाख ठगेको अभियोगमा पक्राउ

काठमाडौँ– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै

मकवानपुरको मनहरीमा प्रहरी र लागूऔषध सेवनकर्ताबीच झडप

बागमती– मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागूऔषध सेवनकर्ताले आक्रमण गर्दा एक

आरनको भरमा लुहार दम्पतीको जीविका

कञ्चनपुर– बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर

नयाँ सरकारको प्राथमिकतामा वातावरण र जलवायु हुनुपर्छ: नेता गुरुङ

काठमाडौँ – नेपाली कांग्रेसका नेता कल्याण गुरुङले मुलुकमा अब बन्ने

खाडी तनावले नेपाली श्रमिक त्रासमा छन् : शंकर पोखरेल

काठमाडौँ – नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले खाडी क्षेत्रमा