अपाङ्गताका लागि ‘मिस एण्ड मिसेज डिस्याबिलिटी क्वीन’ « Khabarhub

अपाङ्गताका लागि ‘मिस एण्ड मिसेज डिस्याबिलिटी क्वीन’


२१ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अपाङ्गता भएको व्यक्तिहरुको प्रतिभा पहिचानमा सहयोग पुर्‍याउन सौन्दर्य प्रतियोगिता ‘मिस एण्ड मिसेज डिस्याबिलिटी क्वीन २०२१’ आयोजना हुने भएको छ ।

अपाङ्गता भएका व्यक्तिहरुको सांस्कृतिक समाज नेपाल र ग्रिन आर्ट मिडियाले प्रतियोगिताको आयोजना गर्न लागेको हो । ग्रिन आर्ट मिडियाका सिइओ प्रविन लाकौलले अपाङ्गता भएको व्यक्तिलाई पनि समाजमा अगाडि ल्याउनु पर्छ भनेर प्रतियोगिता आयोजना गर्न लागेको बताए ।

अपाङ्गता भएका ब्यक्तिहरुको सांस्कृतिक समाज नेपालका सभापति सरिता थुलुङले प्रतियोगिताले अपाङ्गता भएको व्यक्तिलाई अगाडि लगाउन मद्दत पुग्ने भएको आफुले सहकार्य गरेको बताइन् ।

आगामी चैत्र २१ गते हेरिटेज गार्डेन सानेपामा आयोजना हुने प्रतियोगितामा अनिला श्रेष्ठको कोरियोग्राफी रहनेछ । प्रतियोगितामा शीर्षसहित विभिन्न उपविधामा विजेता छानिने र विजेताले विभिन्न पुरस्कारसमेत जित्ने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  ५ : ३० बजे

पच्चीस लाख ठगेको अभियोगमा पक्राउ

काठमाडौँ– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै

मकवानपुरको मनहरीमा प्रहरी र लागूऔषध सेवनकर्ताबीच झडप

बागमती– मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागूऔषध सेवनकर्ताले आक्रमण गर्दा एक

आरनको भरमा लुहार दम्पतीको जीविका

कञ्चनपुर– बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर

नयाँ सरकारको प्राथमिकतामा वातावरण र जलवायु हुनुपर्छ: नेता गुरुङ

काठमाडौँ – नेपाली कांग्रेसका नेता कल्याण गुरुङले मुलुकमा अब बन्ने

खाडी तनावले नेपाली श्रमिक त्रासमा छन् : शंकर पोखरेल

काठमाडौँ – नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले खाडी क्षेत्रमा