अपाङ्गताका लागि ‘मिस एण्ड मिसेज डिस्याबिलिटी क्वीन’ | Khabarhub Khabarhub

अपाङ्गताका लागि ‘मिस एण्ड मिसेज डिस्याबिलिटी क्वीन’


२१ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अपाङ्गता भएको व्यक्तिहरुको प्रतिभा पहिचानमा सहयोग पुर्‍याउन सौन्दर्य प्रतियोगिता ‘मिस एण्ड मिसेज डिस्याबिलिटी क्वीन २०२१’ आयोजना हुने भएको छ ।

अपाङ्गता भएका व्यक्तिहरुको सांस्कृतिक समाज नेपाल र ग्रिन आर्ट मिडियाले प्रतियोगिताको आयोजना गर्न लागेको हो । ग्रिन आर्ट मिडियाका सिइओ प्रविन लाकौलले अपाङ्गता भएको व्यक्तिलाई पनि समाजमा अगाडि ल्याउनु पर्छ भनेर प्रतियोगिता आयोजना गर्न लागेको बताए ।

अपाङ्गता भएका ब्यक्तिहरुको सांस्कृतिक समाज नेपालका सभापति सरिता थुलुङले प्रतियोगिताले अपाङ्गता भएको व्यक्तिलाई अगाडि लगाउन मद्दत पुग्ने भएको आफुले सहकार्य गरेको बताइन् ।

आगामी चैत्र २१ गते हेरिटेज गार्डेन सानेपामा आयोजना हुने प्रतियोगितामा अनिला श्रेष्ठको कोरियोग्राफी रहनेछ । प्रतियोगितामा शीर्षसहित विभिन्न उपविधामा विजेता छानिने र विजेताले विभिन्न पुरस्कारसमेत जित्ने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  ५ : ३० बजे

जब विद्यार्थीले अपहरणमा परेको बहाना बनाए…

तम्घास – आज बिहान करिब १०ः३० बजे मदाने गाउँपालिका–६ स्थित

वर्तमान सरकारविरुद्धको मुद्दा पूर्ण इजलासमा सुनुवाइ हुने

काठमाडौँ – सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको

जिल्ला न्यायाधीशका लागि छ जना सिफारिस

काठमाडौँ – न्यायपरिषद्को आजको बैठकले छ जना जिल्ला न्यायाधीश नियुक्तिका

विश्व व्यापार प्रणाली अझ स्थिर र सबल हुनुपर्छ : डब्ल्यूटीओ प्रमुख

एजेन्सी – विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ) का महासचिव डा. ङ्गोजी

राजस्वको कम्तीमा ३५ प्रतिशत हिस्सा मधेसलाई दिनुपर्छः अध्यक्ष ठाकुर

राजविराज – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले