‘हिंसात्मक द्वन्द्व’ नेपालमा अन्त्य भएको प्रधानमन्त्रीको उद्घोष « Khabarhub

‘हिंसात्मक द्वन्द्व’ नेपालमा अन्त्य भएको प्रधानमन्त्रीको उद्घोष


२१ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब हिंसात्मक द्वन्द्व अन्त्य भएको उद्घोष गरेका छन् ।

भूमिगत नेत्रविक्रम चन्द विप्लवलाई सार्वजनिक गर्न काठमाडौँमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग तीन बुँदे सम्झौता भएपछि कार्यक्रममा मन्तव्य राख्दै प्रधानमन्त्री ओलीले नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको बताए ।

‘अब नेपालमा हिंसात्मक द्वन्द्व छैन, अब हिंसात्मक आन्दोलनको कार्यदिशा कसैले पनि अवलम्बन गरेको छैन,’ प्रधानमन्त्रीको भनाइ छ, ‘आजको कामको ठूलो उपलब्धि भनेको नेपालमा हिंसात्मक गतिविधि छैन, शान्ति छ भन्ने हो ।’

नेपाल सरकारले लिएको ‘समृद्ध नेपाल : सुखी नेपाली’ नारालाई सफल बनाउन शान्तिपूर्ण वातावरण चाहिने प्रधानमन्त्रीको भनाइ छ । शान्ति, निर्भय र शान्तिपूर्ण वातावरणमा बाँच्न पाउने नेपाली जनताको चाहना पूरा भएको प्रधानमन्त्रीले बताए ।

प्रधानमन्त्री ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ ले शान्तिपूर्ण राजनीतिमा प्रवेश गर्ने ऐतिहासिक कदम चाल्नु भएकोमा बधाई र शुभकामनासमेत दिए । ‘उहाँले एउटा कदमबाट नेपाली जनताको मन जित्नुभएको छ,’ उनले भने, ‘यो उहाँको साहसिक कदम हो । जोसुकैले कार्यकर्तालाई कार्यदिशा मोडेर गर्न यति साहसिक निर्णय लिन सक्दैनन् ।’

प्रधानमन्त्रीले विप्लवले आफ्नो कार्यदिशालाई सहज अवतरण गरेको टिप्पणी गरे । ‘यो फोर्स ल्यान्डिङ र क्र्यास ल्यान्डिङ होइन,’ उनको भनाइ थियो, ‘सेफ ल्याडिङ हो ।’

विप्लवसँग ८ वर्षअगाडिदेखि सम्बन्ध रहेको स्मरण गर्दै प्रधानमन्त्रीले तीन बुँदे सहमति रातारात नभएको जानकारी दिए । यो वर्षौंदेखिको प्रयासबाट सम्भव भएको उनको भनाइ थियो ।

तीन बुँदे सहमतिप्रति सरकार प्रतिबद्ध रहेको बताउँदै कुनै समस्या आए वार्ताबाट समस्या समाधान गर्ने उल्लेख गरे ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  ५ : १२ बजे

आत्मदाह गरेका गणेशको परिवारलाई काठमाडौँ महागनरले रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने

काठमाडौँ । काठमाडौँ महानगसपालिकाले आत्मदाहपछि उपचारको क्रममा वीर अस्पतालमा ज्यान

९ कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ९ जना कन्सल्टेन्सी

तस्करीमा संलग्नलाई समात्न प्रहरीले चलायो गोली

काठमाडौँ । रुपन्देहीमा तस्करीमा संलग्नलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको

फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकार सम्पन्न निकाय आवश्यकः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक सुरक्षा, फुटपाथ

नेपालले घरेलु मैदानमा भारत ‘ए’सँग तीन खेलको टी–२० सिरिज खेल्ने

काठमाडौं – नेपालले यसै वर्ष घरेलु मैदानमा भारत ‘ए’ टोलीसँग