योगेश भट्टराईको प्रश्न: विप्लव समूहका हतियार र सेना के हुन्छन् ? | Khabarhub Khabarhub

योगेश भट्टराईको प्रश्न: विप्लव समूहका हतियार र सेना के हुन्छन् ?


२२ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता योगेश भट्टराईले शान्ति प्रक्रियामा आएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको हतियार र सेनाका विषयमा प्रश्न उठाएका छन् ।

सरकार र विप्लव समूहबीच भएको तीन बुँदे सहमतिमा हतियार र सेनाका विषयमा टुंगो नलगाइएको उल्लेख गर्दै नेता भट्टराईले त्यस विषयमा चिन्ता व्यक्त गरेका हुन् ।

शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरुसगँको भेटमा बोल्दै नेता भट्टराईले ०६२- ०६३ मा तत्कालीन माओवादी शान्ति पक्रियामा आउँदा हतियार, लडाकु के गर्ने भनेर टुङगिएपछि सबै शान्ति प्रक्रियामा आबद्ध भएको बताए । तर, यो सहमतिमा विप्लव समूहका हतियार के हुन्छन् ? विप्लव समूहले बनाएका सेना के हुन्छन् ? यो टुङगो लगाउन जरुरी रहेको उनको भनाइ छ।

यस्तै, उनले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउँदा सरकारले प्रजातान्त्रिक विधि प्रक्रियालाई अवलम्बन नगरेको भन्दै आलोचना गरेका छन् ।

भट्टराईले भने ‘सशस्त्र विद्रोहमा उत्रेका कुनै पनि राजनीतिक शक्ति शान्तिपूर्ण राजनीति गरेर वैधानिक बाटोमा हिँडछु भन्ने कुरा स्वागत योग्य छ । तर, एउटा लोकत्रान्त्रिक राज्यव्यवस्थामा के हुन्छ भने यस्ता कामहरु पारदर्शी हुनपर्छ र प्रजातान्त्रिक विधि प्रक्रियालाई अवलम्बन गर्नुपर्छ ।’

उनले यस्तो महत्वपूर्ण मुद्दामा प्रधानमन्त्रीले, नेपाल सरकारले एकदिन पनि सर्वपक्ष, सर्वदलीय बैठक राखेर छलफल नगरेको बताए ।

‘राजनीतिक दलहरूबाट सहमति गरेर राष्ट्रिय सहमति निर्माण गर्नुपर्थ्यो’, उनले भने, ‘यस्ता कामहरू किन हुँदैछ र के उद्देश्यले हुँदैछ भन्ने कुरा आम जनतालाई सार्वजनिक ढंगले जानकारी दिनुपर्थ्यो तर यस्ता केही मापदण्डहरु सरकारले पालना गरेको छैन।’

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  ५ : २९ बजे

सिड्नीमा ‘महाजात्रा’को कीर्तिमान

काठमाडौं– प्रदीप भट्टराईको निर्देशन र लेखन रहेको सुपरहिट चलचित्र ‘महाजात्रा’ले

रिसइबी साँध्न छिमेकीकी तीन वर्षीया नावालिकाको हत्या, आमाछोरी पक्राउ

सिरहा– सिरहामा तीन वर्षीया बालिकाको हत्या आरोपमा प्रहरीले दुई महिलालाई

बागलुङमा एक लाख ३१ हजारभन्दा बढी पशुचौपायालाई खोप

ढोरपाटन– बागलुङमा एक लाख ३१ हजारभन्दा बढी पशुचौपायालाई विभिन्न रोगविरुद्धका

बझाङमा एमाले ३४१ मतले अगाडि, साइपालको करिब हजार मत गन्न बाँकी

बझाङ- बझाङ प्रदेश सभा १ को निर्वाचनमा नेकपा एमालेका उम्मेदवार