कला बुझाउन नवीन्द्रको ‘पाश्चात्य कलाः संक्षिप्त इतिहास’ « Khabarhub

कला बुझाउन नवीन्द्रको ‘पाश्चात्य कलाः संक्षिप्त इतिहास’


२३ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कलाकार तथा कला लेखक नवीन्द्रमान राजभण्डारीको पुस्तक ‘पाश्चात्य कलाः संक्षिप्त इतिहास’को दोस्रो भाग सार्वजनिक भएको छ ।

काठमाडौंको लाजिम्पाटस्थित सिर्जना कलेज अफ फाइन आर्टस्मा हिजो शनिबार आयोजित कार्यक्रममा प्रा.डा. अभि सुवेदी, कलाकार तथा कला लेखक मदन चित्रकार, न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयका नेपालका पूर्वसहायक स्थायी प्रतिनिधि डा. विनोद विष्ट, पूर्वसचिव शरदचन्द्र पौडेल, साहित्यकार तथा चलचित्र निर्देशक प्रकाश सायमी र कवि डा. गीता थपलिया त्रिपाठीले पुस्तक सार्वजनिक गरे ।

कलाकार तथा कला लेखक चित्रकारले पाश्चात्य कला शैलीको विकासका बारेमा सहज ढंगले बुझ्न पुस्तकले सघाउने बताए । ‘विश्व कलाका विविध आयाम र चिन्तनलाई नजिकबाट नियाल्न पुस्तक निकै उपयोगी रहेको छ । साथै पुस्तकले कलाको सिलसिलेबार विकासक्रम र त्यसको आधारलाई केलाएको छ,’ उनले भने ।

प्रा.डा. सुवेदीले नेपाली भाषामा विश्वकलाका विभिन्न पक्षलाई समेटेर निकालिएको यो पुस्तक कलाकार, विद्यार्थी तथा कलाप्रति रुचि राख्ने जोकोहीका लागि उपयोगी हुने दाबी गरे ।

डा. विष्टले पुस्तकले पश्चिमी कलाको इतिहासलाई उजागर गरेको बताए । पूर्वसचिव तथा लेखक पौडेलले पुस्तकमा कलाको क्रमिक विकासलाई उतारिएको जनाए ।

लेखक तथा चलचित्र निर्देशक सायमीले पाश्चात्य कलाका विविध आयाम र परिवेशलाई बुझ्न पुस्तक निकै महत्वको रहेको बताए । डा. त्रिपाठीले कलाका विभिन्न वाद बुझ्नका लागि पुस्तक उपयोगी रहेको बताइन् ।

पुस्तकका लेखक राजभण्डारीले कलाका बारेमा जान्न चाहनेका फाइदा हुने विश्वासका साथै कृति प्रकाशित गरेको बताए ।

सिर्जना कलेज अफ फाइन आर्टस्ले प्रकाशन गरेको पुस्तकको मूल्य एक हजार रहेको छ । राष्ट्रिय ललितकला प्रदर्शनीमा प्रथम पुरस्कार पाइसकेका राजभण्डारी नेपाल सरकारको निशाना छापको मुख्य डिजाइनरसमेत हुन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  ११ : ४० बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४