शेयर बजार २१ अंकले घट्यो, सबैभन्दा बढी कारोबार निफ्राको  « Khabarhub

शेयर बजार २१ अंकले घट्यो, सबैभन्दा बढी कारोबार निफ्राको 


२३ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साताको पहिलो दिन शेयर बजार नेप्से २१.५८ अंकले घटेको छ । ०.८६ प्रतिशतले घटेर नेप्से २४८५.०९ बिन्दुमा पुगेको हो ।

होटल तथा पर्यटन समूह र जलविद्युत समूहबाहेक सबै समूहका परिसूचक घटेका छन् । होटल समूहमा २.२४ प्रतिशतले वृद्धि भएको छ । जलविद्युत समूहमा ०.९२ प्रतिशतले बढेको थियो ।

सबैभन्दा ठूलो गिरावट ट्रेडिङ समूहमा देखिएको छ । साल्ट ट्रेडिङ कर्पोरेशन र नेशनल हाइड्रोपावर कम्पनीको शेयर मूल्य ५ प्रतिशतका दरले घटेको छ ।

नेशनल हाइड्रोपावर कम्पनीको सेयर मूल्य ५.५२ प्रतिशतले घटेर सेयर मूल्य प्रतिकित्ता १५४ रुपैयाँमा झरेको छ भने साल्ट ट्रेडिङ कर्पोरेशनको सेयर मूल्य ५ प्रतिशतले घटेर प्रतिकित्ता १० हजार ४५० रुपैयाँमा पुगेको छ ।

चन्द्रागिरी हिल्स, नेपाल हाइड्रो डेभलपर, रैराङ हाइड्रोपावरको सेयर मूल्यमा उच्च दरमा वृद्धि भएको छ । पाँच अर्ब रुपैयाँ कारोबार रकम पुगेको छ । ५३ हजार ९ सय ७० पटकको कारोबारमा १ करोड १७ लाख ७८ हजार ८ सय २० कित्ता सेयर किनबेच भएको छ ।

सबैभन्दा बढी निफ्राको कारोबार भएको छ । यसको ४२ करोड ७८ लाख रुपैयाँ बराबर कारोबार भएको छ । त्यसपछि नेपाल बैंक र अप्पर तामाकोशीको सेयर किनबेच भएको छ । यो सँगै सेयर बजारको पुँजीकरण ३४ खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  ४ : ३८ बजे

गृहमन्त्री गुरुङको नाममा १९ रोपनी जग्गा, ८९ तोला सुन र ६ किलो चाँदी

काठमाडौं- गृहमन्त्री सुधन गुरुङको नाममा उल्लेख्य मात्रामा जग्गा र सुनचाँदी

ज्वालामुखी मुलुकको पहिलो स्वच्छ गाउँपालिका घोषणा

धादिङ – धादिङको ज्वालामुखी गाउँपालिकालाई मुलुकको पहिलो सफा तथा स्वच्छ

अर्थमन्त्रीको सम्पत्ति : चार ठाउँमा घर र अपार्टमेन्ट, बैंकमा झण्डै दुई करोड मौज्दात

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको नाममा चारवटा घर तथा अपार्टमेन्ट

प्रधानमन्त्री शाहको खातामा १ करोड ४६ लाख रुपैयाँ, श्रीमतीसँग १९० तोला गहना

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति विवरण सार्वजनिक भएको छ ।