सृष्टि बनिन् ‘सुपर प्लस साइज मोडल नेपाल’ | Khabarhub Khabarhub

सृष्टि बनिन् ‘सुपर प्लस साइज मोडल नेपाल’


२४ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न ‘सुपर प्लस साईज मोडल नेपाल,२०२० सिजन–३’ को उपाधि सृष्टि उप्रेतीले जितेकी छन् । उनले उपाधिसँगै विभिन्न गिफ्ट ह्याम्पर पनि पाइन् । प्रतियोगितामा स्मृति अधिकारी ‘फस्ट रनर अप’ बनिन् ।

विधागततर्फ सृष्टि उप्रेती ‘मस्ट फोटोजेनिक’, रोजिना राई ‘मस्ट इन्थुजियास्टिक’, कृष्णा कोइराला ‘मस्ट स्मार्ट’, प्रेरणा राजवंशी ‘मस्ट इन्टेलिजेन्ट’, रोजिना राई ‘मस्ट भ्युअर्स च्वाइस’, सृष्टि उप्रेती ‘मस्ट चार्मिङ’ र ‘मस्ट ट्यालेन्ट’, स्मृति अधिकारी ‘मस्ट कन्फिडेन्ट’, सिर्जना आले मगर ‘बेस्ट पर्सनालिटी’, कृष्णा कोइराला ‘अडियन्स च्वाइस’ र ‘पब्लिक च्वाइस’ घोषित भए ।

आयोजक डेविलसिंह राजपुतले प्लस साइज (मोटोपन) भएर निराश भई बसेका महिलाहरुलाई लक्षित गर्दै उनीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता अभिवृद्दि गरी समाजमा सकारात्मक संदेश फैलाउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको बताए ।

रोजिन शाक्यले सञ्चालन गरेको प्रतियोगिताको प्रमुख अतिथी पूर्व सुचना तथा सञ्चारमन्त्री तथा सांसद डा. मिनेन्द्र रिजाल रहेका थिए । प्रतियोगिताको निर्णायकमा हिसानका केन्द्रीय उपाध्यक्ष, काठमाडौं भ्याली स्कुल एण्ड कलेजका अध्यक्ष तथा त्रिभुवन युनिभर्सिटीका सहायक प्राध्यापक डा. स्वागत श्रेष्ठ, भीएस निकेतन स्कुलकी प्रधानाध्यापक संगिता श्रेष्ठ, गायक सिताराम पोख्रेल र र्यापर तथा संचारकर्मी एनएसके निर्णय श्रेष्ठ रहेका थिए ।

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  ३ : २० बजे

इन्जुरी समयमा सालाहको गोल, लिभरपुल १–० विजयी

काठमाडौं – प्रिमियर लिगमा लिभरपुलले लगातार चौथो जित दर्ता गर्दै

एसिया कप : भारतलाई पाकिस्तानले दियो १२८ रनको लक्ष्य

काठमाडौं – एसीसी एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानले भारतलाई जितका

आन्दोलनको क्रममा चोरी भएका सामग्री फिर्ता गर्न अख्तियारको अनुरोध

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भदौ २४ गते भएको

देशभर बदली, राति यी स्थानमा हुनेछ भारी वर्षा

काठमाडौं – आजदेखि देशभर मौसम बदली सुरु भई ठाउँठाउँमा भारी

चलचित्र भवन सोमबारदेखि खुल्ने

काठमाडौं – ‘जेनजी पुस्ता’को आन्दोलनका कारण बन्द रहेका देशभरका चलचित्र