यी बलिउड नायिकाले सामाजिक सञ्जालमा फेरिन् आफ्नो नाम « Khabarhub

यी बलिउड नायिकाले सामाजिक सञ्जालमा फेरिन् आफ्नो नाम


१५ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


मुम्बई – बलिउड अभिनेत्री श्रद्धा कपूर पछिल्लो समय अभिनेता ‘बाहुबली’का हिरो प्रभासको केमेष्ट्रीमा निर्माण भइरहेको फिल्म ‘साहो’ का कारण चर्चामा छिन् ।

बेलाबेला श्रद्धा आफ्नो व्यक्तिगत जीवनकाका कारण पनि चर्चामा रहने गर्छिन् ।

यी नायिकाले आफ्नो ब्लकबस्टर फिल्म ‘आशिकी २’ रिलिज भएको ६ वर्ष पूरा भएको अवसरमा इन्स्टाग्राममा आफ्नो नाम बदलेकी छिन् । उनले इन्स्टाग्राममा आफ्नो नाम फेरेर सोही फिल्मको पात्रको नाम ‘आरोही’ राखेकी छिन् ।

योसँगै श्रद्धाका फ्यानले उक्त फिल्म र श्रद्धाको चरित्रलाई पुनः स्मरण गरेका छन् । यो फिल्म श्रद्धाका लागि पनि विशेष फिल्म हो । फिल्ममा उनले आरोहीको भूमिका निभाएकी थिइन् ।

यो फिल्मले श्रद्धाको करिअरलाई पनि विशेष बल पुर्‍याएको थियो । जुन भूमिकालाई फ्यानले अझै पनि मिस गरिरहेका छन् ।

श्रद्धाले मात्र होइन, फ्यानले पनि ट्वीटरमा ‘आशिकी २’ रिलिजको ६ वर्ष पूरा गरेको अवसरमा ‘सिक्स एअर्स अफ आरोही’ ट्रेन्डिङ चलाएका छन् ।

श्रद्धाले हालै बाहुबली एक्टर प्रभाससँगको फिल्म ‘साहो’ को मुम्बईको शूटिङ सकेकी छिन् । उनी यतिबेला ‘स्ट्रिट डान्सर’ को लण्डन छायांकन पूरा गरेर बाँकी छायांकनको पर्खाइमा छिन् ।

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  ४ : २५ बजे

सिन्धुलीको मरिणमा परम्परागत रोपाइँ (तस्बिरहरू)

सिन्धुली– सिन्धुलीको मरिण गाउँपालिकामा २० हल गोरु र रांगा जोतेर

थारु समुदायको परम्परा संरक्षण गर्न लुम्बिनीमा विधेयक

दाङ– लुम्बिनी प्रदेश सरकारले थारू समुदायको आदिमकालीन प्रथा, परम्परा र

दही–चिउरा खाने पर्व असार १५ : भक्तपुरमा ‘जुजु धौ’ उत्पादनमा व्यस्त व्यवसायी (तस्बिरहरू)

भक्तपुर– दही–चिउरा खाने पर्वका रूपमा मनाइने असार १५ को अवसरमा

८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट

चितवन– भरतपुर अस्पताल न्यूनतम सेवा मापदण्ड (एमएसएस) मा उत्कृष्ट भएको

राष्ट्रिय स्तरको पहिलो परम्परागत खेल महोत्सव सम्पन्न

काठमाडौँ – नेपाली मौलिक तथा परम्परागत खेलको संरक्षण, प्रवर्द्धन र