यी बलिउड नायिकाले सामाजिक सञ्जालमा फेरिन् आफ्नो नाम « Khabarhub

यी बलिउड नायिकाले सामाजिक सञ्जालमा फेरिन् आफ्नो नाम


१५ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


मुम्बई – बलिउड अभिनेत्री श्रद्धा कपूर पछिल्लो समय अभिनेता ‘बाहुबली’का हिरो प्रभासको केमेष्ट्रीमा निर्माण भइरहेको फिल्म ‘साहो’ का कारण चर्चामा छिन् ।

बेलाबेला श्रद्धा आफ्नो व्यक्तिगत जीवनकाका कारण पनि चर्चामा रहने गर्छिन् ।

यी नायिकाले आफ्नो ब्लकबस्टर फिल्म ‘आशिकी २’ रिलिज भएको ६ वर्ष पूरा भएको अवसरमा इन्स्टाग्राममा आफ्नो नाम बदलेकी छिन् । उनले इन्स्टाग्राममा आफ्नो नाम फेरेर सोही फिल्मको पात्रको नाम ‘आरोही’ राखेकी छिन् ।

योसँगै श्रद्धाका फ्यानले उक्त फिल्म र श्रद्धाको चरित्रलाई पुनः स्मरण गरेका छन् । यो फिल्म श्रद्धाका लागि पनि विशेष फिल्म हो । फिल्ममा उनले आरोहीको भूमिका निभाएकी थिइन् ।

यो फिल्मले श्रद्धाको करिअरलाई पनि विशेष बल पुर्‍याएको थियो । जुन भूमिकालाई फ्यानले अझै पनि मिस गरिरहेका छन् ।

श्रद्धाले मात्र होइन, फ्यानले पनि ट्वीटरमा ‘आशिकी २’ रिलिजको ६ वर्ष पूरा गरेको अवसरमा ‘सिक्स एअर्स अफ आरोही’ ट्रेन्डिङ चलाएका छन् ।

श्रद्धाले हालै बाहुबली एक्टर प्रभाससँगको फिल्म ‘साहो’ को मुम्बईको शूटिङ सकेकी छिन् । उनी यतिबेला ‘स्ट्रिट डान्सर’ को लण्डन छायांकन पूरा गरेर बाँकी छायांकनको पर्खाइमा छिन् ।

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  ४ : २५ बजे

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

माघको अन्तिम सातादेखि एचपिभी खोप लगाइँदै

काठमाडौं – सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको

वीरगञ्ज नाका हुँदै पाँच महिनामा तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा

शीतलहरले बाढीपीडित परिवार समस्यामा

कञ्चनपुर– शीतलहरका कारण कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १२ बन्तरिया शिविरका बाढीपीडित