८३ प्रतिशत जनताका पहुँचमा इन्टरनेट सेवा | Khabarhub Khabarhub

८३ प्रतिशत जनताका पहुँचमा इन्टरनेट सेवा


२५ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा दुई करोड ४७ लाख ३५ हजार जनसङ्ख्याका पहुँचमा इन्टरनेट सेवा पहुँच पुगेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले हालै यहाँ सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिनाको तथ्याङ्क अुनसार मङ्सिर मसान्तका तुलनामा पुस महिनामा तीन लाख ८८ हजार बढी प्रयोगकर्ता थपिएका छन् । मङ्सिरमा कूल २ करोड ४३ लाख ४७ हजार १५७ जनाको पहुँचमा इन्टरनेट सेवा थियो ।

कूल जनसङ्ख्यामध्ये ८२ दशमलव ७९ प्रतिशत जनताका पहुँचमा इन्टरनेट सेवा पुगेको तथ्याङ्कमा उल्लेख छ । प्राधिकरणले जनसङ्ख्या प्रक्षेपण (२०११–२०३०) लाई आधार मानेर प्रतिवेदन तयार पारेको हो । प्रतिवेदनमा प्राधिकरणले नेपालको कूल जनसङ्ख्या दुई करोड ९८ लाख ७६ हजार ५३१ लाई आधार बनाएको छ ।

प्राधिकरणको तथ्याङ्क अनुसार सबैभन्दा धेरै योगदान मोबाइल इन्टरनेटको रहेको छ । गत पुससम्म मोबाइल इन्टरनेटको हिस्सा ६० दशमलव ३४ प्रतिशत छ । एक करोड १२ लाख बढीको पहुँचमा थ्रिजी इन्टरनेट पुगेको र यसमा सबैभन्दा धेरै नेपाल टेलिकमको ८६ लाख ३४ हजार र एनसेलको २५ लाख ६६ हजार रहेको जनाइएको छ । त्यस्तै फोरजी प्रयोगकर्ता ६६ लाख ८९ हजार १०३ र इभिडियो प्रयोगकर्ता १ लाख ३६ हजार पाँच सय ७३ रहेका छन् ।

प्राधिकरणको तथ्याङ्क अनुसार फोरजीको प्रयोगकर्तामध्ये सबैभन्दा धेरै एनसेलका रहेका छन् । गत पुस मसान्तसम्म एनसेलका फोरजी प्रयोगकर्ता ४० लाख ८६ हजार १३९ रहेका छन् । नेपाल टेलिकमका फोरजी प्रयोगकर्ता २३ लाख ८३ हजार २५६ र स्मार्ट टेलिकमका २ लाख १९ हजार रहेका छन् । यस्तै फिक्स ब्रोडब्याण्डको हिस्सा २१ दशमलव ६८ प्रतिशत छ । यसमा एडिएसएलका ८ लाख ६४ हजार र एफटिटिएच इन्टरनेट ५६ लाख ११ हजार रहेका छन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  १ : ३० बजे

कारागारबाट जेनजीलाई रविको सुझाव: घुसपैठ हुनसक्छ सचेत हुनुहोस्

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नख्खु

दक्षिण अफ्रिकामाथि इंग्ल्याण्डको कीर्तिमानी जित

काठमाडौं – आइतबार सम्पन्न तेस्रो एकदिवसीयमा इंग्ल्याण्डले दक्षिण अफ्रिकामाथि एकदिवसीय

सामाजिक सञ्जालसम्बन्धी सरकारको निर्णयविरुद्ध रिट दर्ता गर्न अस्वीकार

काठमाडौं – सर्वोच्च अदालतले सामाजिक सञ्जालसम्बन्धी सरकारले गरेको निर्णयविरुद्ध परेको

प्रचण्डको पोस्टमा बालेनको कमेन्ट: एकादेशमा टिकटक पनि ‘ब्याण्ड’ भएको थियो

काठमाडौं – सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयबारे पूर्वप्रधानमन्त्री एवं

जेनजी आन्दोलनलाई पूर्ण समर्थन छ : सुमना श्रेष्ठ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तथा सांसद सुमना