आठौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको आवेदन खुला « Khabarhub

आठौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको आवेदन खुला


२५ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सन् २०२१ को लागि सञ्चालन गरिने आठौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको आवेदन खुलेको छ।

आठौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको आवेदन आजदेखि खुला गरिएको नेपाल एष्ट्रोनोमिकल सोसाईटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए ।

विद्यालयतहका विद्यार्थीहरुको प्रतिभा पहिचान तथा प्रवर्द्धनका लागि सन् २०१४ देखि सञ्चालित कार्यक्रममा यस वर्ष कक्षा ८ देखि १२ सम्मका विद्यार्थीले आवेदन दिन सक्नेछन् ।

विद्यार्थीको तहगत सिकाइलाई ध्यान दिँदै राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड जुनियर र सिनियर गरी दुई विधामा आयोजना गरिनेछ । जस अन्तर्गत कक्षा ८-१० सम्मका विद्यार्थीले जुनियरमा आवेदन दिन सक्नेछन् भने ११-१२ का विद्यार्थीले सिनियरमा आवेदन दिन सक्नेछन् ।

ओलम्पियाडको पहिलो चरण/छनौट परीक्षा प्रादेशिक चरणको रुपमा यहि २८ चैत्र, २०७७, शनिबार दिउँसो १२ बजेदेखि २ बजेसम्म इटहरी, जनकपुर, काठमाडौँ, पोखरा, बुटवल, सुर्खेत तथा धनगढीमा आयोजना गरिनेछ ।

ईच्छुक विद्यार्थीहरूले आवेदन फारम आफूलाई पायक पर्ने सम्बन्धित प्रदेशका नेपाल एष्ट्रोनोमिकल सोसाईटीका संयोजक तथा सदस्यहरुलाई बुझाउन वा कार्यालयमा सिँधै इमेल ([email protected]) गर्न सक्ने सोसाइटीले जनाएको छ ।

प्रदेश चरणमा गरेको प्रदर्शनका आधारमा दोस्रो चरण (राष्ट्रिय चरण) मा सम्बन्धित प्रदेशका विद्यार्थीहरुलाई सामेल गराइनेछ । यसरी दोस्रो चरणमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरुलाई तेस्रो तथा अन्तिम चरणमा सहभागी गराइनेछ । तेस्रो चरणको मूल्याङ्कनमार्फत् सहभागी विद्यार्थीहरूलाई यो वर्ष सञ्चालन हुने अन्तर्राष्ट्रिय एस्ट्रोनोमी तथा एस्ट्रोफ़िसिक्स ओलम्पियाडहरुको लागि सिफारिस गरिने अध्यक्ष भट्टराईले बताए ।

आवेदन भर्न यहाँ क्लिक गर्नुहोस्

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  २ : २५ बजे

आज २०८२ साल चैत २८ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २८ गते शनिबार वैशाख

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र