देउवाद्वारा डा खड्काको निधनप्रति दुःख व्यक्त « Khabarhub

देउवाद्वारा डा खड्काको निधनप्रति दुःख व्यक्त


२५ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी, म्याग्दीका पूर्वसभापति डा भूपेन्द्रबहादुर खड्काको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

डा खड्काको आज बिहान काठमाडौँको सैनिक अस्पताल छाउनीमा उपचारका क्रममा निधन भएको हो ।

सभापति देउवाले डा खड्काको निधनको खबरले आफूलाई स्तब्ध र मर्माहत भएको जनाउँदै शोकविज्ञप्तिमार्फत उनमा श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

खड्का २०४८ सालको आमनिर्वाचनमा म्याग्दी निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार तथा विसं २०५५ मा म्याग्दी जिल्ला सुकुम्बासी आयोगका अध्यक्ष हुनाका साथै विभिन्न सामाजिक संस्थामा क्रियाशील रहँदै आएका थिए ।

विसं १९९८ साउन २० गते तत्कालीन अथुङ्गे गाविस–१ मा जन्मिएका खड्काले पार्टी सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए । कांग्रेसले उनको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको जनाएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ४ : १३ बजे

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने