काठमाडौँ भ्यू टावर निर्माणका ठेकेदार भेटवाल पक्राउ | Khabarhub Khabarhub

काठमाडौँ भ्यू टावर निर्माणका ठेकेदार भेटवाल पक्राउ


२५ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको पुरानो बसपार्कमा भ्यू टावर निर्माणको ठेक्का पाएका ठेकेदार मनोज भेटवाल पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भेटवाललाई मंगलबार पक्राउ गरेको हो ।

समयभित्र भ्यू टावर बनाउने काम सम्पन्न नगरी घोटाला गरेको भन्दै उनीविरुद्ध ११ थान उजुरी परेको थियो ।

सोही प्रकरणमा अख्तियारले भेटवाललाई पक्राउ गरि उनीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ताको तयारी भइरहेको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

भेटवालविरुद्ध यसअघि राजश्व छलीको मुद्दासमेत दर्ता भएको थियो । तत्कालीन एपेन्स बैंकमा भएको कर्जा घोटाला प्रकरणमा समेत भेटवाल जोडिएका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले यो घटनाको अनुसन्धान गरेर मुद्दा दर्ता गरिसकेको छ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ५ : ५० बजे

गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैनः अध्यक्ष केसी

कैलाली – राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्रको विकल्प

अमेरिकामा आँधीका कारण कम्तीमा २१ जनाको मृत्यु

वासिङ्टन – अमेरिकाका दुई राज्य मिसौरी र केन्टुकीमा आएको आँधीका

कृषिमा यान्त्रिकीकरणः समय र खर्चको बचत

गलकोट – अहिले खेतबारीमा गहुँ चुट्न किसानलाई भ्याइनभ्याइ छ ।

नापतौलमा अनियमितता गर्नेलाई कारबाही

जनकपुरधाम – गुणस्तर तथा नापतौल कार्यालय जनकपुरधामले चालु आर्थिक वर्षको

भक्तपुर क्यान्सर अस्पतालमा बालबालिकाका लागि वार्ड स्थापना

भक्तपुर – भक्तपुर क्यान्सर अस्पतालले सघन उपचार कक्ष (आइसियू) सहितको