सभापति देउवा र दाहालबीच सरकार गठनका विषयमा छलफल « Khabarhub

सभापति देउवा र दाहालबीच सरकार गठनका विषयमा छलफल


२५ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ।

देउवा निवास बुढानीलकण्ठमा नेताद्वय देउवा र प्रचण्डबीच भेटवार्ता भएको हो। भेटमा उनीहरुबीच आगामी सरकार समीकरण र प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने नल्याउने विषयमा छलफल भएको जनाइएको छ ।

उनीहरुबीच अबको संसद् बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा पनि छलफल भएको जनाइएको छ ।

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकेर अध्यक्ष प्रचण्ड छलफलका लागि देउवा निवास बुढानिलकण्ठ पुगेका थिए ।

मंगलबार पेरिसडाँडामा बसेको माओवादी केन्द्रको स्थायी कमिटीको बैठकले नयाँ सरकार गठनका लागि कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)सँग वार्ता गर्ने निर्णय गरेको थियो।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ६ : ४८ बजे

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

महोत्तरी – शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने

यु-१९ महिला विश्वकपको आयोजक नेपाल समूह ‘ए’ मा : भारत, आयरल्याण्ड र वेष्ट इन्डिजसँग भिड्ने

काठमाडौँ – नेपालले बङ्गलादेशसँग संयुक्तरूपमा आयोजना गर्न लागेको आइसिसी यु–१९

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ- २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६ अक्टोबर

आज २०८३ साल कात्तिक ५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा