काठमाडौँ भ्यू टावर निर्माणका ठेकेदार भेटवालसहित ११० बढीविरुद्ध मुद्दा दायर (सूचीसहित) « Khabarhub

काठमाडौँ भ्यू टावर निर्माणका ठेकेदार भेटवालसहित ११० बढीविरुद्ध मुद्दा दायर (सूचीसहित)


२५ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन रोयल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडका सञ्चालक छविरमण अधिकारी र ठेकेदार मनोज भेटवालसहित ११० भन्दा बढीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अधिकारी र भेटवालसहित साविक मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडका सञ्चालकहरू बसन्त मल्ल, विकास श्रेष्ठ, मधुवनलाल श्रेष्ठ, भैरवप्रसाद भेटवाल र रविन लामा लगायतविरुद्ध मुद्दा दायर भएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले जानकारी दिए ।

सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको विभिन्न ११ वटा उजुरीका आधारमा ३८ करोडभन्दा बढी बिगो माग दाबीसहित मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले बताए ।

पुरानो बसपार्कमा काठमाडौँ भ्यू टावर निर्माण गरिरहेको जलेश्वर स्वच्छन्द विकोइ विल्डर्सका सञ्चालक भेटवाललाई पक्राउ गरेर अदालतमा बुझाइएको अख्तियारका प्रवक्ता रिसालले जानकारी दिए ।

अख्यितारकाअनुसार भेटवालसँगै साविक रोयल मर्चेन्ट बैंक एण्ड फाइनान्स लिमिटेडका सञ्चालक बसन्त मल्ल, वरिष्ठ प्रबन्धक विकास श्रेष्ठ, प्रबन्ध सञ्चालक मधुवनलाल श्रेष्ठ, ऋणी भैरवप्रसाद भेटवाल र रविन लामा समेतलाई अख्यितारले पक्राउ गरेको हो ।

मुद्दा दायर गरिएकाहरुको सूची

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ८ : ११ बजे

अष्ट्रेलिया भ्रमणमा नेपालको ब्याटिङ किन चल्न सकेन ?

काठमाडौं- नेपाल ‘ए’ क्रिकेट टोली हाल अष्ट्रेलिया भ्रमणमा छ ।

बाढीले बगाएर ल्याएका मृत पशुको व्यवस्थापन गर्दै भरतपुर

नारायणगढ– रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले कयौँ पशुचौपाया बगाएर

भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने

काठमाडौं– राहदानी विभागले यही भदौ २२ र २३ गते विभागबाट

छोरा भेट्न काठमाडौं आइपुगे सञ्जयका बुवा (तस्बिरहरू)

काठमाडौं– रसुवा बाढीको १०औँ दिनमा त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट

बाढीले पुल बगायो, तुइनबाट ओहोरदोहोर गर्दै स्थानीय (तस्बिरहरू)

नुवाकोट– त्रिशूलीमा आएको बाढीले पक्की पुल बगाएपछि नुवाकोटमा आवतजावत गर्न तुइनको