काठमाडौँ भ्यू टावर निर्माणका ठेकेदार भेटवालसहित ११० बढीविरुद्ध मुद्दा दायर (सूचीसहित) « Khabarhub

काठमाडौँ भ्यू टावर निर्माणका ठेकेदार भेटवालसहित ११० बढीविरुद्ध मुद्दा दायर (सूचीसहित)


२५ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन रोयल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडका सञ्चालक छविरमण अधिकारी र ठेकेदार मनोज भेटवालसहित ११० भन्दा बढीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अधिकारी र भेटवालसहित साविक मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडका सञ्चालकहरू बसन्त मल्ल, विकास श्रेष्ठ, मधुवनलाल श्रेष्ठ, भैरवप्रसाद भेटवाल र रविन लामा लगायतविरुद्ध मुद्दा दायर भएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले जानकारी दिए ।

सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको विभिन्न ११ वटा उजुरीका आधारमा ३८ करोडभन्दा बढी बिगो माग दाबीसहित मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले बताए ।

पुरानो बसपार्कमा काठमाडौँ भ्यू टावर निर्माण गरिरहेको जलेश्वर स्वच्छन्द विकोइ विल्डर्सका सञ्चालक भेटवाललाई पक्राउ गरेर अदालतमा बुझाइएको अख्तियारका प्रवक्ता रिसालले जानकारी दिए ।

अख्यितारकाअनुसार भेटवालसँगै साविक रोयल मर्चेन्ट बैंक एण्ड फाइनान्स लिमिटेडका सञ्चालक बसन्त मल्ल, वरिष्ठ प्रबन्धक विकास श्रेष्ठ, प्रबन्ध सञ्चालक मधुवनलाल श्रेष्ठ, ऋणी भैरवप्रसाद भेटवाल र रविन लामा समेतलाई अख्यितारले पक्राउ गरेको हो ।

मुद्दा दायर गरिएकाहरुको सूची

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ८ : ११ बजे

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

महोत्तरी – शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने

यु-१९ महिला विश्वकपको आयोजक नेपाल समूह ‘ए’ मा : भारत, आयरल्याण्ड र वेष्ट इन्डिजसँग भिड्ने

काठमाडौँ – नेपालले बङ्गलादेशसँग संयुक्तरूपमा आयोजना गर्न लागेको आइसिसी यु–१९

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ- २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६ अक्टोबर

आज २०८३ साल कात्तिक ५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा