रिदम नयाँ ‘मिस ग्लोबल इन्टरनेशनल नेपाल’ « Khabarhub

रिदम नयाँ ‘मिस ग्लोबल इन्टरनेशनल नेपाल’


२६ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काजी प्रोडक्सनले आयोजना गरेको सौन्दर्य प्रतियोगिता ‘मिस ग्लोबल इन्टरनेशनल नेपाल २०२१’ को उपाधि रिदम घिसिङले जितेकी छन् ।

उपाधिसँगै घिसिङले दुबईमा आयोजना हुने ‘मिस ग्लोबल इन्टरनेसनल–२०२१’ मा नेपालको प्रतिनिधित्वको अवसर पाएकी छन् ।

प्रतियोगितामा आलोका जोशी ‘फस्ट रनर अप’ र पलिस्था शाक्य ‘सेकेण्ड रनर अप भईन ।

सागरिका श्रेष्ठले सञ्चालन गरेको प्रतियोगिताको निर्णायकमा ‘मिस ग्लोबल इन्टरनेशनल नेपाल’की नेशनल डिरेक्टर मनीषा डंगोल श्रेष्ठ, सौन्दर्य व्यवसायी रुश्का श्रेष्ठ, ‘मिस कोस्मोपोलिटियन २०१९’ प्रिया रानी लामा, गायिका, संगीतकार तथा रचनाकार अश्रा कुँवर, राईनो नेपाल लेदर क्राफ्ट निर्देशक एलिशा शाह र ‘मिस्टर नेपाल २०१९’ तथा ‘मिस्टर सुपरनेशनल नेपाल २०२१’ सन्तोष उपाध्याय रहेका थिए ।

त्रिलोकविक्रम थापाको संयोजनमा आयोजित प्रतियोगिताको कोरियोग्राफी सुमन खड्का र एसिस्टेन्ट कोरियोग्राफी वर्षा भण्डारीले गरेका थिए ।

आयोजक संस्थाका प्रबन्ध निर्देशक सुशान्तकाजी श्रेष्ठले सौन्दर्य प्रतियोगितामार्फत अन्तरनिहित प्रतिभा प्रष्फुटनका लागि प्रतियोगिता आयोजना गरेको बताए ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  १ : ४५ बजे

विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं – सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य

आईसीसी वरीयतामा बुमराहको छलाङ : कुन खेलाडी कहाँ छन् ?

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा भारतीय खेलाडी सधैँ अगाडि छन्।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

चितवन– मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार