पशुपतिनाथमा बिहानैदेखि महाशिवरात्रिको रौनक (फोटोफिचर) « Khabarhub

पशुपतिनाथमा बिहानैदेखि महाशिवरात्रिको रौनक (फोटोफिचर)


२७ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी देशभर मनाइँदै छ ।

वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू बिहानैदेखि नदी, कुन्ड र तलाउमा स्नान गरी शिवालयमा गइ श्रद्धा–भक्तिपूर्वक पूजा–आराधना गरिरहेका छन् ।

पुराणहरूमा कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि गरी चार प्रमुख रात्रिको महत्व वर्णन गरिएको छ । यीमध्ये पनि फागुन कृष्ण चतुर्दशीमा मनाइने शिवरात्रिको विशेष महत्व छ ।

आज भक्तजनले शुद्ध भइ शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् ।

हिन्दु धर्मावलम्वीहरूको आस्थाको केन्द्र पशुपतिनाथमा बिहानैदेखि महाशिवरात्रिको रौनक छ ।

कोरोना महामारीका कारण सीमित संख्याबाहेकले यस वर्ष दर्शन गर्न नपाउने भए पनि पाशुपत क्षेत्रमा विहानैदेखि दर्शनार्थीको भीड छ ।

भगवान शिवको दर्शनका लागि अधिकांश दर्शनार्थीहरू मास्क लगाएर लाइनमा बसेका छन् ।

भक्तजनको सुविधाका लागि बिहान ४ बजेदेखि नै पशुपतिका चार ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिए ।

यस वर्ष कोरोना महामारीको जोखिम कायमै रहेकाले आठ लाखभन्दा बढी दर्शनार्थीले महाशिवरात्रिका दिनमात्र पशुपति दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको छ ।

विगत वर्षमा महाशिवरात्रिका दिन १० लाखभन्दा बढी भक्तजन पशुपति क्षेत्रमा पुग्ने गरेका थिए । यस वर्ष महाशिवरात्रिका अवसरमा पशुपतिमा दर्शनका लागि तीन वटा लाइनको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

मित्रपार्क–गौरीघाट, उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट एक लाइन, बत्तिसपुतली–गौशाला, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल–तिलगङ्गा, पिङ्गलास्थान–सुमार्गीभवन अगाडिबाट चार शिवालय–पञ्चदेवल हुँदै दक्षिणढोका हुँदै दक्षिणढोकाबाट दुई लाइन गरी बाहिरी रुपमा पशुपति मूल मन्दिर परिसर प्रवेश गर्नसक्ने व्यवस्था गरिएको छ ।

अर्को लाइन पश्चिममा वनकाली ओरालो हुँदै जुत्ताचप्पल कक्षबाट मूल मन्दिर प्रवेश गर्न सकिने गरी व्यवस्थापन गरिएको छ ।

मूल मन्दिर परिसरभित्र प्रवेश गरिसकेपछि भने उत्तर र दक्षिणबाट तीन/तीन र पश्चिमबाट चार वटा भित्री लाइन व्यवस्थापन गरिएको छ ।

दर्शन गर्न आउने दर्शनार्थीको सवारी पार्किङका लागि सिफल, तिलगङ्गा, गुह्येश्वरी पारी, कोषको कार्यालय, वनकालीलगायत स्थानमा व्यवस्था मिलाइएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहीबार  ९ : ०१ बजे

नामिबियाविरुद्ध नेपालको फितलो प्रदर्शन

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपालले खराब

प्रधानमन्त्री निवासअगाडि धर्ना बसेका राहुल गान्धी र अखिलेश यादव पक्राउ

नयाँदिल्ली : भारतको राजधानी नयाँदिल्लीस्थित प्रधानमन्त्री निवासअगाडि धर्नामा बसेका विपक्षी

‘ओली–प्रचण्डकै नेतृत्वमा वाम एकता सम्भव छैन, नयाँ पुस्ता अगाडि आउनुपर्छ’

काठमाडौं– नेपाली कम्युनिस्ट आन्दोलनका प्रभावशाली नेता झलनाथ खनालले लामो समयदेखि

सिँचाइ क्षेत्रको दिगो विकासका लागि तीन तहबीच प्रभावकारी समन्वयमा जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा, जलस्रोत तथा