निश्चल भन्छन्, ‘सरकारको मुख नताकौं’ | Khabarhub Khabarhub

निश्चल भन्छन्, ‘सरकारको मुख नताकौं’


२७ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोभिडपछि नेपालीको जनजीवन सामान्य अवस्थामा फर्कदैछ । आम क्षेत्रझैं फिल्म क्षेत्र पनि विस्तारै चलायमान बन्दैछ । निर्माणको चरणमा रहेका धेरै फिल्महरु फ्लोरमा छन् भने घोषणा गरिएका फिल्महरुले सुटिङ सुरु गरिसकेका छन् ।

सरकारले ढिलै भए पनि फिल्म हल खोल्नका लागि अनुमति दिइसकेको अवस्थामा अझै पनि केही फिल्मकर्मीहरु सरकारको सहयोगको आशमा छन् । तर ‘लुट’ फेम्ड निर्देशक निश्चल बस्नेत भने सरकारको मुख ताक्न नहुने तर्क राख्छन् ।

राजधानीमा बिहीबार आयोजित एक कार्यक्रममा उनले सरकारको मुख ताक्नु भन्दा फिल्मकर्मीहरु एकजुट हुनुपर्नेमा जोड दिए । ‘फिल्म क्षेत्रलाई चलायमान बनाउन सरकारको मुख ताक्नु भन्दा हामी फिल्मकर्मीले के गर्न सक्छौं, त्यतातिर सोचौं । अहिले निर्माता, निर्देशक, कलाकार, प्राविधिक, वितरक, प्रदर्शक सबै एकताबद्ध हुनुपर्ने समय छ’, उनले भने ।

उनले एक वर्षका लागि सबैले एकापसमा सहयोगको भावना विकास गरेर अघि बढ्न सकेमा फिल्मलाई कोभिड अघिको अवस्थामा ल्याउन सकिने दाबी गरे । ‘पत्रकार, समिक्षक अथवा फिल्मकर्मी जोकोहीलाई फिल्म मन परोस् वा नपरोस् त्यो आफ्नो कुरा हो, तर यो अवस्थामा नकारात्मक कुरालाई भुलेर सकारात्मक सोच बनाई अघि बढौं’, निश्चलले भने ।

निश्चलले चलचित्र विकास बोर्डले सञ्चार मन्त्रालयसँग समन्वय गरेर अगाडि बढ्नुपर्ने बताए । ‘कमसेकम एक वर्षका लागि हामी पुराना कुरा बिर्सेर एकताबद्ध भएर अघि बढौं । त्यसले हाम्रो र फिल्म क्षेत्रकै भलो गर्नेछ’, उनको भनाई थियो ।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहीबार  ४ : ४५ बजे

एभरेस्ट होटेलमा मिराजको पत्रकार सम्मेलन (तस्बिरहरू) 

 काठमाडौं– जेन–जी आन्दोलनपछि एकाएक चर्चामा आएका मिराज ढुंगानाले नयाँ बानेश्वरस्थित

बारा र पर्सामा लक्षित जनसङ्ख्याको ७१ प्रतिशतलाई हैजाविरुद्धको खोप

काठमाडौं– बारा र पर्सामा कुल जनसङ्ख्याको ७१ प्रतिशतलाई हैजाविरुद्धको खोप

स्वच्छ र निष्पक्ष निर्वाचन हुन्छ भन्ने विश्वास दिलाउन लागौँ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भयरहित वातारणमा स्वतन्त्र, स्वच्छ र निष्पक्ष

मिराजको बेनामी पार्टीले चुनाव नलड्ने

काठमाडौं- जेन–जी आन्दोलनपछि एकाएक चर्चामा आएका मिराज ढुंगानाले नयाँ बानेश्वरस्थित

मिराज ढुंगानाको पत्रकार सम्मेलनमा होहल्ला

काठमाडौं- जेन–जी आन्दोलनपछि एकाएक चर्चामा आएका मिराज ढुंगानाले नयाँ बानेश्वरस्थित