‘लप्पन छप्पन २’ ट्रेलरमा संघर्ष र षड्यन्त्र « Khabarhub

‘लप्पन छप्पन २’ ट्रेलरमा संघर्ष र षड्यन्त्र


२७ फाल्गुन २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी चैत २७ गते रिलिज हुने फिल्म ‘लप्पन छप्पन २’को ट्रेलर सार्वजनिक भएको छ । महाशिवरात्रीको अवसर पारेर फिल्म युनिटले बिहीबार राजधानीमा एक कार्यक्रम गर्दै ट्रेलर सार्वजनिक गरेको हो ।

ट्रेलरमा पेरिसबाट नेपाल आएको तीन सय मिलियन डलर हत्याउन फिल्मका प्रमुख पात्रहरुले गरेको संघर्षलाई प्राथमिकता दिइएको छ ।

फिल्मका प्रमुख कलाकारहरु सौगात मल्ल, शिव श्रेष्ठ, अर्पण थापा, अनुपविक्रम शाही फिचर्ड ट्रेलरमा उनीहरुलाई फरक गेटअपमा प्रस्तुत गरिएको छ ।

अष्ट्रेलिया र नेपालमा छायांकन भएको फिल्ममा शक्ति श्रेष्ठ, प्रकाश कुँवर, स्व. दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्ट, केरोलिन कोलिन्डालगायतका कलाकारको पनि अभिनय रहेको छ ।

गोल्डेन हिल्स पिक्चर्स, रोयल कुँवर इन्टरटेनमेन्ट, इपी एजुकेशन अस्ट्रेलिया, उमी ग्रुप युरोप र म्याक मिडियाको ब्यानरमा निर्माण भएको फिल्ममा सुरज अधिकारी र प्रजापति शिवाकोटी कार्यकारी निर्माता छन् ।

चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मल कुमार मिश्र र सन्तोषचन्द्र भक्रेलको लगानी रहेको फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन, मिलन श्रेष्ठको सम्पादन छ ।

मुकुन्द भट्टको पटकथा, संवाद तथा निर्देशन रहेको फिल्ममा खिलेन्द्रराज तिमल्सिना प्रस्तुतकर्ता छन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहिबार  ५ : १५ बजे

सवारी दुर्घटनामा एक जनाको मृत्यु

हेटौँडा– भीमफेदी गाउँपालिका–८ इपादेउरालीमा आज बिहान बसको ठक्करबाट एक जना महिलाको

एनएमबि बैंक र भिजाबीच ‘भिजा डाइरेक्ट टू एकाउन्ट’ सेवाका लागि सम्झौता

काठमाडौं– एनएमबि बैंक लिमिटेडले भिजासँग ’भिजा डाइरेक्ट टू एकाउन्ट सेवाका लागि

मेची करिडोरको ठेक्का रद्द

काठमाडौं– मेची करिडोर (केचना–कञ्चनजङ्घा सडक) अन्तर्गत बेलासे–गोलाखर्क भञ्ज्याङको ९.५ किलोमिटर सडक

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको

क्रिकेटको रोमाञ्चसँगै आर्य फार्माल्याबको स्वास्थ्य साझेदार !

काठमाडौं– आर्य फार्माल्याब र नेपाल क्रिकेट संघ (क्यान) बीच तीन