आजदेखि गैँडाकोटमा फाइनप्रिन्ट फिभर | Khabarhub Khabarhub

आजदेखि गैँडाकोटमा फाइनप्रिन्ट फिभर


२८ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर– पुस्तक प्रकाशक कम्पनी फाइनप्रिन्टको आयोजनामा आजदेखि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकास्थित हर्कपुरमा फाइनप्रिन्ट फिभर शुरु हुँदैछ ।

हर्कपुरमा चौधरी फाउण्डेसनले सञ्चालन गरेको उन्नति कल्चरल भिलेजमा शुरु हुने कार्यक्रम दुई दिनसम्म चल्नेछ ।

कार्यक्रममा फाइनप्रिन्टबाट २०७७ सालमा प्रकाशित कृतिका लेखकको उपस्थिति रहनेछ । साथै उनीहरूका रोचक एवं वौद्धिक विमर्शका सत्रहरू पनि सञ्चालन हुनेछन् । कार्यक्रममा उनीहरूले आफ्ना पुस्तकका विषयमा चर्चापरिचर्चा गर्नुका साथै पाठकसँग संवाद एवं अन्तक्रिया पनि गर्ने जनाइएको छ ।

कार्यक्रमका अवसरमा लेखकसँग पुस्तक हस्ताक्षरका कार्यक्रम हुनेछन् । विशेष छुटमा पुस्तक बिक्री तथा प्रदर्शनीका साथै अन्य रचनात्मक कार्यक्रम पनि गरिने फाउण्डेसनका महाप्रबन्धक दामोदर भण्डारीले बताए ।

कार्यक्रममा सहभागी हुन चाहनेहरुलाई लक्षित गरी नवलपुरको कावासोती र चितवनको भरतपुरस्थित वीरेन्द्र क्याम्पस गेटबाट निःशुल्क यातायातको व्यवस्था गरिएको भण्डारीको भनाइ छ । निःशुल्क बस शुक्रबार दिउँसो एक बजेदेखि र शनिबार बिहान १० बजेदेखि प्रत्येक एक/एक घण्टामा छुट्ने उनले बताए ।

फाइनप्रिन्ट फिभरका अवसरमा सांसद गगन थापा, महानायक राजेश हमाल, अभिनेत्री मनिषा कोइराला र सञ्चारकर्मी रवि लामिछानेको समेत सहभागिता रहनेछ । उक्त अवसरमा ‘देशजगत्’ शीर्षकको कार्यक्रममा लेखक एवं उद्यमी जीवा लामिछानेसँग कांग्रेस नेता गगन थापाले संवाद गर्नेछन् ।

यसैगरी अभिनेत्री मनिषा कोइरालासँग स्वरूप आचार्यले ‘बाँच्ने अभिलाषा’बारे संवाद गर्नेछन् । ‘राजनीतिसँगै राजकाज’ पुस्तकका विषयमा आधारित रहेर लेखक एवं नेता रवीन्द्र मिश्रसँग सञ्चारकर्मी रवि लामिछानेले छलफल गर्नेछन् ।

उक्त अवसरमा मिश्रको पुस्तक ‘राजनीतिसँगै राजकाज’ विमोचन गर्ने कार्यक्रम पनि छ । ‘पुँजीवाद र स्वतन्त्र समाज’ नामक सत्रमा मुराहरी पराजुलीसँग विद्यालक्ष्मी महर्जनले वार्ता गर्ने बताइएको छ । साथै ‘धमिराहरू’ शीर्षक सत्रमा लेखक राजीव उपाध्यायसँग प्रकाश रिमालले संवाद चलाउने कार्यक्रम छ ।

यसैगरी ‘इन्द्रेणी’ शीर्षकको सत्रमा निरञ्जन कुँवरसँग उनको पुस्तक ‘बिट्विन क्विन्स एन्ड द सिटिज’को सेरोफेरोमा रहेर प्रतीक्षा कट्टेलले संवाद गर्नेछन् । ‘रहर’ कथासङ्ग्रहका लेखक सुरेश बडालसँग ‘रहरका रङ’ शीर्षक सत्रमा प्रकृति भट्टराई बस्नेतले संवाद गर्नेछिन् ।

फिभरका अवसरमा कवितासङ्ग्रह ‘क’का लेखक असीम सागरको कविता वाचन हुने पनि भण्डारीले जानकारी दिए । ‘अर्थनीति र राजनीति’ शीर्षक सत्रमा विनोद चौधरीसँग उमेश चौहानले कुराकानी गर्नेछन् ।

‘किताब मनको साथी’ शीर्षक सत्रमा महानायक राजेश हमालले पुस्तकबारेमा आफ्ना अनुभव, पुस्तकप्रति आफ्नो आकर्षण एवं लगावबारे चर्चा गर्नेछन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ७ : १७ बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई