बाइडेनद्धारा कोरोना राहत प्याकेज विधेयकमा हस्ताक्षर | Khabarhub Khabarhub

बाइडेनद्धारा कोरोना राहत प्याकेज विधेयकमा हस्ताक्षर


२८ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना भाइरसको महामारीसँग जुधेका अमेरिकी नागरिकका लागि ल्याइएको राहत प्याकेज सम्बन्धी विधेयकमा हस्ताक्षर गरेका छन् ।

हिजो संसदको तल्लो सदनबाट पारित विधेयकमा राष्ट्रपति बाइडेनले हस्ताक्षर गरेसँगै यो विधेयकले कानूनी रुप लिएको छ ।

यो प्याकेजअन्तर्गत १९ अर्ब डल बराबरको आर्थिक राहत प्याकेज कोभिड प्रभावित अमेरिकीहरूलाई सहायतास्वरुप प्रदान गरिनेछ ।

यो विधेयकमा १४०० डलर भुक्तान, बेरोजगारी भत्ता विस्तार, चाइल्ड ट्याक्स क्रेडिट जस्ता योजना छन् । यो राहतबाट करोडौँ मानिसहरु गरिबीबाट बाहिर निस्कने अनुमान गरिएको छ ।

राष्ट्रपति बाइडेनले राहत प्याकेजले देशको मेरुदण्ड पुनर्निर्माण गर्ने बताएका छन् । यो विधेयकलाई अमेरिकी इतिहासको सबैभन्दा धेरै खर्च रहेको विधेयकको रुपमा हेरिएको छ ।

–एजेन्सीहरूको सहयोगमा

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ९ : ५९ बजे

खोटाङको ‘फोक्सिङटार–धाप्लाङघाट’ सडक निर्माण हुँदै

खोटाङ– खोटाङबाट पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने छोटो मार्ग ‘फोक्सिङटार–धाप्लाङघाट

बैतडीमा रेबिजविरुद्धको खोप अभाव

बैतडी– बैतडीमा रेबिजविरुद्ध दिइने खोपको अभाव हुँदा सेवाग्राही समस्यामा परेका

सुदूरपश्चिम सरकार र कर्मचारीबीच ५ बुँदे सहमति, आन्दोलन स्थगित

धनगढी– सुदूरपश्चिम प्रदेश सरकार र आन्दोलनरत स्थानीय तहका कर्मचारीबीच पाँच

तरुण दलको लमजुङ अधिवेशनमा झडप, खुकुरी प्रहारबाट चारजना घाइते

लमजुङ– नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दल लमजुङको जिल्ला

ट्रम्पप्रति इरानी नेताको आक्रोश

इरान – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मध्यपूर्व भ्रमण सकाएर फर्केपछि