अमेरिकामा नेपाली ट्याक्सी चालकलाई दुर्व्यवहार गर्ने युवती पक्राउ « Khabarhub

अमेरिकामा नेपाली ट्याक्सी चालकलाई दुर्व्यवहार गर्ने युवती पक्राउ

दुर्व्यवहार र लुटपाटको मुद्दा दर्ता


२८ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकामा नेपाली ट्याक्सी चालकलाई दुर्व्यवहार गर्ने युवती पक्राउ परेकी छन् ।

ट्याक्सी चालक सुभाकर खड्कामाथि दुर्व्यवहार गर्ने युवती पक्राउ परेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

नेपाली ट्याक्सी चालक खड्कामाथि दुर्व्यवहार गरेको आरोपमा सान फ्रान्सिस्को प्रहरीले २४ वर्षीया मलेसिया किङलाई पक्राउ गरेको हो । उनलाई दुर्व्यवहार र लुटपाटको मुद्दा दर्ता गरिएको छ।

गत सोमबार तीन युवतीले चालक खड्कालाई दुर्व्यवहार गरेको भिडियो भाइरल भएको थियो। खडकाले ती युवतीलाई मास्क लगाउन आग्रह गरेपछि ती युवतीहरूले दुर्व्यवहार गरेका थिए।

उनले मार्च ८ का दिन अमेरिकाको सान फ्रान्सिस्को बेभ्यू क्षेत्रबाट ती तीन यात्रुलाई गाडीमा चढाएका थिए। उनले ती मध्येकी एक युवतीलाई मास्क लगाउन आग्रह गरेपछि उनीहरुले अश्लील गाली र शारीरिक हमला समेत गरेका थिए। उनले खड्काको मोबाइलसमेत खोसेकी थिइन्।

यात्रुले मास्क नलगाएपछि शुभाकरले विनम्रतापूर्वक आफूले ट्रिप रद्द गर्न लागेको भन्दै उनीहरुलाई गाडीबाट ओर्लिन भनेका थिए। भिडियोमा ती युवतीहरूले उनलाई गाली गर्ने, उनको अगाडि मास्क हल्लाउने, उनलाई कुटपिट गर्नेदेखि उनको फोन चोर्ने प्रयास गरेका थिए।

यो घटनापछि शुभाकर सहयोगका लागि गो फण्ड मी पेज शुरु गरिएको छ। हालसम्म ६४ हजार २ सय ८ डलर जम्मा भएको छ। शुभाकरले यो रकम नेपालमा पत्नी र ८ वर्षका छोरालाई पठाउने बताएका छन्।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ११ : २१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै