नेपाली फिल्मको प्रवर्धनका लागि हङकङमा अवार्ड बाँडिने « Khabarhub

नेपाली फिल्मको प्रवर्धनका लागि हङकङमा अवार्ड बाँडिने


२३ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली फिल्मलाई प्रवर्धनका गर्ने उद्देश्यले हङकङमा नेपाली फिल्म अवार्ड हुने भएको छ । सन् २०१९ को जुन महिनामा ‘एभरेष्ट इन्टरनेशनल फिल्म २०१९’ हुने भएको हो ।

आयोजक संस्था एभरेस्ट इन्टरटेनमेन्ट प्राइभेट लिमिटेडले आज (बुधवार) काठमाडौंमा औपचारिक कार्यक्रमको आयोजना गरी अवार्डबारे जानकारी गरायो । आयोजक संस्थाका अनुसार उक्त अवार्ड २० विधामा प्रदान गरिनेछ ।

सन् २०१८ मा रिलिज भएका फिल्महरुले भाग लिन पाउनेछन् भने यो अवार्डमा तीन विधा आदिवासी फिल्मका लागि छुट्याइएको छ ।

तस्वीर – आर्यन बिमली

साथै अवार्ड समारोहमा फिल्म क्षेत्रमा सहयोग पु–याउने एक फिल्मकर्मीलाई लाइफटाइम एचिभमेन्टले अवार्डले सम्मान गरिने पनि आयोजकले जनाएको छ ।

अवार्ड समारोह ३ हजार ५ सय दर्शक धान्ने हङकङस्थित वानचाइमा रहेको ‘क्वीन एलिजावेथ स्टेडियम हल’ मा सम्पन्न हुनेछ । फिल्मको नोमिनेसन मार्चमा गरिने बताइएको छ ।

निर्णायकमा एक वरिष्ठ कलाकार सुनील थापा रहने बताइयो भने नेपालबाट अवार्डका लागि ६० जना कलाकार, पत्रकार तथा फिल्मकर्मी प्रस्थान गर्नेछन् ।

आयोजक टिमले कलाकार, प्राविधिक तथा पत्रकार जाँदा लाग्ने सम्पूर्ण खर्च बेहोर्ने बताएको छ ।

नेपालमा हुने अवार्डमा लापरवाही हुने आरोप लागिरहे पनि आयोजक टिमले भने निर्णायकलाई हस्तक्षेप नगर्ने दावी गरेको छ ।

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार  ५ : ३३ बजे

बढ्यो ग्यासको मूल्य

काठमाडाैं – सडक अवरुद्ध भएपछि ढुवानीमा समस्या भएको भन्दै खाना

देउवा समूहले अनुमोदन गर्‍यो १५औँ महाधिवेशनको कार्यतालिका

काठमाडौं – नेपाली कांग्रेसकाे शेरबहादुर देउवा पक्षले पार्टीकाे १५औँ केन्द्रीय

चिलिमेको सुरुङमा पुगे राजदूत श्रीवास्तव, उद्धार प्रयास गर्दै भारतीय र नेपाली टोली

काठमाडौं– नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवले रसुवाको स्याफ्रुबेँसीस्थित चिलिमे जलविद्युत्

राष्ट्रसंघमा प्रधानमन्त्रीको सहभागिताबारे रास्वपामै दुई मत, रविले वालेन्द्रसँग कुरा गर्ने

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको महासभामा जाने–नजाने विषयमा राष्ट्रिय

इलाममा ट्रक दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु

इलाम – बेलिब्रिजको सामग्री बोकेको ट्रक आज इलाममा ट्रक दुर्घटना