केन्यामा फेरि दुई महिना कर्फ्यू « Khabarhub

केन्यामा फेरि दुई महिना कर्फ्यू


२९ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नैरोबी(एएफपी)- केन्यामा फेरि दुई महिना कर्फ्यू घोषणा गरिएको छ ।

राष्ट्रपति उहुरु केन्याटाले शुक्रबार कर्फ्यूको समयावधि लम्ब्याइएको घोषणा गरेका हुन् ।

रातिको समयका लागि मात्रै लगाइएको कर्प्यूको बेलामा केही गतिविधिहरु गर्न प्रतिबन्ध लगाइएको छ । यो कर्फ्यू देशव्यापी हुने अधिकारीहरुले जनाएका छन् ।

केन्यामा कारोनाभाइरसको संक्रमण बढेपछि त्यसलाई न्यूनीकरण गर्न कर्फ्यू लगाइएको राष्ट्रपति केन्याटाले बताएक छन् ।

केन्यामा अब तेस्रो चरणको महामारी फैलिन सक्ने चेतावनी दिइएको छ । त्यसैले होटल, बार तथा रेस्टुरेन्टहरु राति ९ बजेपछि बन्द गरिसक्न निर्देशन छ ।

पूर्वीअफ्रिकी कतिपय देशहरुमा जस्तै केन्यामा पनि अहिले दिउँसोको समयमा समेत धेरै गतिविधिहरुमा प्रतिवन्ध लगाइएको छ ।

केन्याका बैदेशिक सिमानाहरु अहिले पनि बन्द गरिएको छ भने विद्यालयहरुमा पनि विदा दिइएको छ । हरेक दिन बेलुका ७ बजेदेखि विहान ५ बजेसम्म कर्फ्यू लागु हुने जनाइएको छ ।

केन्यामा कारोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको कूल सङ्ख्या अहिलेसम्म झण्डै एक लाख १२ हजार पुगेको छ । त्यसैगरी एक हजार ९०१ जनाको कोरोनाका कारण मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ६ : २० बजे

कागेश्वरी मनोहराका वडाध्यक्ष थापाको निधन

काठमाडौं– कागेश्वरी मनोहरा नगरपालिका–७ का वडाध्यक्ष भीमसेन थापाको निधन भएको

कमैयाबाट उद्यमीसम्मको केशव डगौराको सङ्घर्षमय यात्रा

कञ्चनपुर– बीस वर्षअघि कमैया मुक्तिको घोषणा हुँदा शुक्लाफाँटा नगरपालिका–१० झलारीका

एनपीएल बलिङमा सर्वाधिक १२ विकेट लिने यी हुन् चार नेपाली खेलाडी

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)मा ३२ मध्ये २५ खेल

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं– हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल

भूजीखोलाका बाढीपीडित अझै राहतकै पर्खाइमा

ढोरपाटन– भूजीखोलाका तिरैतिर छरिएको बस्ती थियो । भर्खरभर्खर सडकले जोडिएको