झापामा सवारी दुर्घटनामा दुई जनाको मृत्यु « Khabarhub

झापामा सवारी दुर्घटनामा दुई जनाको मृत्यु


२९ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– झापामा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा शिवसतासी नगरपालिका–४ का २७ वर्षीय सरोज कार्की र बाह्रदशी गाउँपालिका–५ की ४३ वर्षीया कलसावती राजवंशी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शनिबार अपराह्न कमल गाउँपालिका–१ बालुबारीस्थित क्याम्पमा ना१त ६१६५ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको मे३प ३७४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कार्कीको घटनास्थलमै मृत्यु भएको हो ।

यस्तै, बाह्रदशी गाउँपालिका–५ कनकन मार्गमा मे११प ८४५१ नम्बरको स्कुटी अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटी चालक राजवंशी घाइते भएका थिए । उनको उपचारका क्रममा विर्तामोडस्थित बिएण्डसी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले दुर्घटना न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम भइरहे पनि पछिल्लो समय दैनिक सवारी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या बढिरहेको बताए ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ६ : ३० बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना