बेपत्ता परिवारका सदस्यलाई परिचयपत्र दिइने « Khabarhub

बेपत्ता परिवारका सदस्यलाई परिचयपत्र दिइने


१ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ- २०५२ फागुन १ गतेदेखि २०६३ मंसिर ५ गतेसम्मको समयावधिमा राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएका व्यक्तिको परिवारलाई परिचयपत्र वितरण गरिने भएको छ ।

बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको आयोजनामा जिल्ला प्रशासन कार्यालयमा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष युवराज सुवेदीले परिचय पत्र वितरण गर्ने जानकारी दिए ।

आयोगमा परेका उजुरीका आधारमा परिचयपत्र वितरणको काम शुरू गरिएको हो । अध्यक्ष सुबेदीले भने, ‘हामीसँग वेपत्ता भएका व्यक्तिको विवरण छ । दल, जनप्रतिनिधि, कर्मचारी, बेपत्ताका परिवार र स्थानीयसँग समन्वय गरेर परिचयपत्र वितरण गर्छौ ।’

सशस्त्र द्वन्द्ववको अवधिमा १९ जना वेपत्ता भएको उजुरी आयोगमा परेको थियो । तीमध्ये १ जनाको लगत कट्टा भएको छ । वेपत्ता पारिएका व्यक्तिका परिवारका सदस्यसमेत सहभागी कार्यक्रममा वेपत्ताको कि लास कि सास उपलब्ध गराउने काम राज्यको भएको अध्यक्ष सुवेदीले बताए ।

प्रदेश सांसद बलबहादुर साम्सोहाङले सशस्त्र युद्धमा बेपत्ता भएका परिवारलाई परिचय पत्र वा राहत दिने काम तत्काल टुङ्ग्याउनुपर्नेमा जोड दिएका थिए ।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेका अनुसार आयोगको टोलीले जिल्ला प्रशासन कार्यालयमै बसेर आवश्यक कागजात जुटाएर परिचयपत्र वितरण गर्ने तयारी गरेको छ ।

आयोगको तथ्याङ्कअनुसार प्रदेश नं. १ मा ३ सय ७ वटा उजुरी परेको छ । ताप्लेजुङका साविकका विभिन्न गाविसका १९ जना नामावली वेपत्ताको सूचीमा समावेश गरिएको छ ।

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  ११ : ५३ बजे

गणेश आत्मदाह प्रकरणको छानबिन गर्न समिति गठन, सोधपुछका लागि तीनजना नगर प्रहरी नियन्त्रणमा

काठमाडौं– सरकारले गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न छानबिन समिति

जग्गा भ्रष्टाचार प्रकरणमा टोखा मालपोतका तत्कालीन प्रमुख खनालसहित २७ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कागजात सच्याएर निजी गुठीको

यातायात कानुनलाई लगानीकर्ता र यात्रुमैत्री बनाइनेछ : मुख्यमन्त्री बानियाँ

मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सडक यातायात क्षेत्रका समस्या

प्रतिनिधिसभामा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सदन र सरकारको

मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि पहल थालेका छौँ : वनमन्त्री चौधरी

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मानव-वन्यजन्तु द्वन्द्वबाट प्रभावित