छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ५ जनाको मृत्यु | Khabarhub Khabarhub

छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ५ जनाको मृत्यु


१ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- झापा, धनुषा, दार्चुला, महोत्तरी र रुपन्देहीका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ ।

झापा, बाह्रदशी गाउँपालिका-५ कनकन मार्गस्थित सडकमा मे११प ८४५१ नम्बरको स्कुटर अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा स्कुटर चालक सोही ठाउँ बस्ने ४३ वर्षीया कलसावती राजबंशीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।

धनुषा, मिथिला नगरपालिका-८ बडहरी पुलस्थित सडकमा ना८ख ७२२२ नम्बरको टिपरले प्रदेश २-०३-००१ स ५४७५ नम्बरको अटोलाई शनिबार साँझ ठक्कर दिँदा अटो चालक महोत्तरी बर्दिबास नगरपालिका-१ देउराली टोल बस्ने ४५ वर्षीय वीरबहादुर तामाङको घटनास्थलमै मृत्यु भएको छ । फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

दार्चुला, लेकम गाउँपालिका-६ गणेत स्थानस्थित सडकमा प्र.०१००२ त ४८३५ नम्बरको ट्याक्टरबाट खसेर ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ३० वर्षीय अशोक खत्रीको शनिबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

महोत्तरी, गौशला नगरपालिका-९ बिसहरपुरस्थित बाबा इँटाभट्टा नजिकै ज१२ प ४९१४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक धनुषा जनकपुर उपमहानगरपालिका कुवारामपुर बस्ने ३० वर्षीय महेश मुखियाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि स्थानीय पोलिक्लिनिक गौशालातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

रुपन्देही, बुटवल उपमहानगरपालिका-११ कालिकानगरस्थित सडकमा बा.१३ च ६६७६ नम्बरको कारको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेकी करिब २५ वर्षीया महिलाको शनिबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको चौराह अस्पताल प्रालि बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  १२ : ५७ बजे

राष्ट्रियसभामा शून्य समय : ‘कुलिङ पिरियड’को घटनाका दोषीलाई कारबाही गर्न माग

काठमाडौं- राष्ट्रियसभाको बैठकमा सङ्घीय निजामती विधेयकमा ‘कुलिङ पिरियड’ घटनाको गम्भीर

सईले बर्दीमै रविको पक्षमा हस्ताक्षर गरेपछि…

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने रुपन्देहीस्थित सुप्रिम

मलेसियन लगानीकर्तालाई अर्थमन्त्रीको आग्रह – ‘नेपालमा लगानी गरिदिनुस्‌’

काठमाडौँ – उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको भौतिक पूर्वधार

अनावश्यक ठाउँमा बजेट विनियोजन भएको भए कार्यान्वयन हुँदैन : मुख्यमन्त्री शाह

अत्तरिया– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आगामी आर्थिक वर्षका लागि