८ वर्षीय बालिका बलात्कारको आरोपमा वृद्ध पक्राउ « Khabarhub

८ वर्षीय बालिका बलात्कारको आरोपमा वृद्ध पक्राउ


१ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– मोरङमा सुस्त मनस्थितिकी बालिकालाई बलात्कार गरेको आरोपमा एक वृद्धलाई प्रहरीले पक्राउ गरेको छ ।

८ वर्षीया बालिका बलात्कार गरेको आरोपमा रतुवाई नगरपालिकाका ६६ वर्षीय फौदीलाल मुखियालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार घाँस काट्न गएकी ८ वर्षीया सुस्त मनस्थितिकी बालिकालाई बलात्कार गरेको आरोपमा उनलाई शनिबार पक्राउ गरिएको हो ।

बालिकाको विराटनगरस्थित कोसी अस्पतालमा उपचार भइरहेकोछ ।

प्रहरीका अनुसार पीडित बालिकाको स्वास्थ्य परीक्षणको रिपोर्ट आउन बाँकी छ । प्रहरीले दिएको जानकारी अनुसार घटना शुक्रबार दिउँसो करिब ३ बजेतिरको हो ।

सुस्तमनस्थितिकी बालिका बोल्न सक्दिनन् । घाँस काट्न उनीसँगै गएका बहिनीहरुले दिदीमाथि करणी भएको देखेपछि घटना बाहिर आएको हो । पक्राउ परेका वृद्धमाथि थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  ४ : ५४ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका