‘विप्लव’को राजनीतिक एजेण्डा स्पष्ट नभएको महासचिव वैद्यको तर्क (भिडियोसहित) « Khabarhub

‘विप्लव’को राजनीतिक एजेण्डा स्पष्ट नभएको महासचिव वैद्यको तर्क (भिडियोसहित)


१ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को राजनीतिक एजेण्डा स्पष्ट नभएको बताएका छन् ।

नेकपा क्रान्तिकारी माओवादीसम्वद्ध मोर्चाले आइतबार काठमाडौंमा आयोजना गरेको विरोध सभामा वैद्यले विप्लव समूहलाई शान्तिपूर्ण राजनीतिक धारमा ल्याउनु सकारात्मक भए पनि राजनीतिक एजेण्डाबारे स्पष्ट पार्नुपर्ने बताएका हुन् ।

उनले राजनीतिक खेलका लागि जनताको रगत र बलिदानीसँग खेल्न नहुने तर्क गरे ।

हेरौँ भिडियो

दलहरु सत्ताका लागि एक अर्कालाई सिध्याउने खेलमा लागेकाले यसले मुलुकलाई हित नगर्ने उनको भनाइ छ । उनले अब मुलुकमा अस्थिरताको युग सुरु भएको टिप्पणी पनि गरे ।

प्रतिक्रियावादी संसदीय व्यवस्था खारेज गर्नुपर्ने, संघीय जनगणतन्त्र स्थापना गर्नका लागि भन्दै क्रान्तिकारी माओवादी सम्बद्ध  मोर्चाले विरोध सभा गरेको हो ।

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  ५ : ५१ बजे

सिंहदरबारमा बालेनको आसन तयार, उत्तर फर्काएर राखियो कुर्सी

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलका नेता तथा वरिष्ठ

अभौतिक मुद्राको कारोबारमा संलग्न बंगलादेशी नागरिक ठमेलबाट पक्राउ

काठमाडौँ । अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौंबाट एक

चुमनुब्रीको फिलिममा मोटर पुग्यो

गोरखा – चुमनुब्री गाउँपालिकाको केन्द्र सिर्दिवासको फिलिममा मोटर पुगेको छ

सदन प्रतिपक्षको हुनेछ, पहिलो बैठक छिटो बोलाउनु : हर्क साम्पाङ

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभाको

निर्वाचन सम्पन्न गर्नु मुख्य उपलब्धि : गृहमन्त्री अर्याल

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले आफ्नो १९१ दिने कार्यकाल सफलतापूर्वक