हत्या अभियोगमा युवक पक्राउ « Khabarhub

हत्या अभियोगमा युवक पक्राउ


१ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी– जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको ५७ दिनपछि हत्या अभियोगमा एक युवकलाई आज सार्वजनिक गरेको छ ।

प्रहरीले पत्रकार सम्मेलन गरी हत्यामा संलग्न रहेको भन्दै गुल्मीदरबार गाउँपालिका–१ का ३१ वर्षीय पोमबहादुर घर्तीलाई सार्वजनिक गरेको हो ।

घर्तीलाई गत माघ १० गते जङ्गलमा शिकार खेल्ने क्रममा रेसुङ्गा नगरपालिका–१४ पराल्मीका ४५ वर्षीय तुलबहादुर विकको हत्या गरेको अभियोगमा आज प्रहरीले सार्वजनिक गरेको हो ।

गत माघ ३ गते बिहान घरबाट घाँस काट्न भनी जङ्गल गएका विक रेसुङ्गा नगरपालिका–१ बलिथुमस्थित औरबीखोलामा दिउँसो २ बजे छातीमा बन्दुक लागेको अवस्थामा मृत फेला परेका थिए ।

अनुसन्धानका क्रममा हत्याका अभियुक्त घर्तीले विकलाई शिकार खेल्ने क्रममा झुक्किएर बन्दुकले लागेको प्रहरीसमक्ष बयान दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए ।

प्रहरीले उक्त घटनामा प्रयोग गरिएको भरुवा बन्दुकसमेत आज बिहान जङ्गलमा तीन टुक्रा पारी छुट्टाछुट्टै स्थानमा लुकाइराखेको अवस्थामा बरामद गरेको थियो ।

जिल्लामा पछिल्लो समयमा आपराधिक घटनाहरु बढ्दै गएको र प्रहरीले नागरिकलाई शान्तिसुरक्षाको प्रत्याभूति दिन नसकेको आरोप खेप्दै आएको अवस्थामा घटनामा संलग्नलाई पक्राउ गर्नुले नागरिकहरूमा ढिलै भए पनि केही मात्रमा सुरक्षाको अनुभूति थपिएको बताइएको छ ।

मृतककी विककी श्रीमती गीता विकले ढिलै भए पनि अनुसन्धान गरी दोषीलाई पक्राउ गरेकामा राहत महसुस भएको बताए ।

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  ८ : ४५ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार