दीपेन्द्रको ‘सावधान’मा बालयौन दुराचार कथा | Khabarhub Khabarhub

दीपेन्द्रको ‘सावधान’मा बालयौन दुराचार कथा


२ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दीपेन्द्र लामा निर्देशित सर्ट फिल्म ‘सावधान’ रिलिज भएको छ । वर्षा राउत र प्रविण खतिवडा अभिनित फिल्म ओएसआर डिजिटलको युट्युब च्यानलबाट रिलिज भएको हो । बालयौन दुराचारको विषयलाई उठान गरिएको फिल्ममा दीपेन्द्रकै लेखन छ ।

सानी बालिकामाथि आफ्नै नजिकको आफन्तबाट यौन दुव्र्यवहार हुने तर उसको कुरालाई आमाबुवाले राम्रोसँग नसुन्ने प्रसंग फिल्ममा हेर्न पाइन्छ । वर्षाले आमाको भूमिका निर्वाह गरेकी छिन् भने छोरीको भूमिकामा काव्या अधिकारी देखिन्छिन् । बुवाको भूमिकामा प्रवीण खतिवडा छन् । आर्जेश रेग्मी, अनिता बस्नेत र भूपेन्द्रसिंह धामीले पनि फिल्ममा अभिनय गरेका छन् ।

अभिभावकहरुलाई सचेत गराउने उद्देश्यले फिल्म निर्माण गरिएको निर्देशक लामाले बताए । ‘हामी आफ्ना छोराछोरीलाई मिठो खाना, राम्रो लुगा र महँगो शिक्षा त दिन्छौं तर उनीहरुमाथि भइरहेको दुव्र्यवहारप्रति भने बेखबर हुनसक्छौं,’ लामाले भने, ‘बेलैमा अभिभावक सचेत भएनन् र छोराछोरीको कुरामा सुनाइ भएन भने ठूलौ दुर्घटना निम्तिन सक्छ ।’

करिब १० मिनेट अवधिको फिल्ममा जाङ्मु शेर्पा, फुर्वा याङ्जी शेर्पा र निमा शेर्पा श्रेष्ठले संयुक्त लगानी गरेका हुन् । ‘घरभित्र हुने यौनदुव्र्यवहारबारे हामी खुलेर कुरा गर्दैनौं, यसले गर्दा पीडकहरु झन् उत्साही हुनसक्छ, त्यसैले यस्तो विषयमा सबैले खुलेरै चर्चा गरुन् भन्ने हाम्रो उद्देश्य हो,’ एक निर्माता फुर्वाले बताइन् ।

शैलेन्द्रध्वज कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, शैलेश श्रेष्ठको संगीत र उत्तम न्यौपानेको साउन्ड डिजाइन रहेको फिल्म काठमाडौंको कपन क्षेत्रमा एकै दिनमा खिचिएको थियो । दर्शकहरुले फिल्ममा समेटिएको सन्देशको प्रशंसा गरिरहेका छन् ।

बिन्ती नेपाल नामक अनौपचारिक अभियान यही फिल्मबाट सुरु भएको निर्मात्री फुर्वाले अवगत गराइन् । जनचेतनामूलक सिर्जनाहरु प्रस्तुत गर्दै जाने योजना यो अभियानको रहेको छ ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  १ : १० बजे

नारायणगढ–बुटवल सडक समयमै निर्माण गर्न माग

काठमाडौं– सांसद अमरेशकुमार सिंहले विकास निर्माणको काममा ढिलाइ गर्न नहुने बताएका

आजपनि सडकमा आवासीय चिकित्सक (तस्बिरहरू)

काठमाडौं– आन्दोलनमा रहेका चिकित्सकहरूले आज २७ औँ दिनमा पनि काठमाडौंमा

दुई दिनमा छ हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

 काबुल– आइतबार र सोमबार छ हजार छ सय १९ अफगान

विद्युत् उत्पादन बढाएर मुलुकको अर्थतन्त्र सुधार्न आग्रह

काठमाडौं– सांसद पशुपतिशमशेर जबराले विद्युत् उत्पादन बढाएर मुलुकको अर्थतन्त्र सुधार

बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ

काठमाडौं– बैंकिङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादीहरू पक्राउ परेका