गणेश भगवानको ब्रत बस्दै हुनुहुन्छ ? जप्नुहोस् यी मन्त्र पूरा हुन्छ मनोकांक्षा | Khabarhub Khabarhub

गणेश भगवानको ब्रत बस्दै हुनुहुन्छ ? जप्नुहोस् यी मन्त्र पूरा हुन्छ मनोकांक्षा


२९ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हिन्दूधर्मशास्त्र अनुसार, मंगलबार गणेश भगवानको पूजाआराधना गरिन्छ । साथै यस दिन काली माता, दुर्गा माता र हनुमानको पनि पूजा गरिन्छ ।

यस दिन व्रत बस्दा बिहानको खाना खानु हुँदैन भने साँझको खानामा नुन मिसाउनु हुँदैन ।

सबै किसिमको सुख प्राप्त गर्न, रक्तविकार शमन गर्न, शत्रु दमनका निम्ति, स्वास्थ्य रक्षार्थ तथा पुत्र प्राप्तिका लागि मंगलबारको व्रत उत्तम मानिन्छ ।

हिन्दू धर्म अनुसार भगवान् गणेशलाई सर्वश्रेष्ठ देवताको रुपमा मान्ने गरिन्छ । गणेशलाई विघ्न हर्ता तथा सिद्धि दिने सिद्धि विनायकको रुपमा पूजा गर्ने गरिन्छ ।

विशेष गरेर गणेश भगवानको पूजा मंगलबार हुने गरे पनि हरेक दिन सबैभन्दा पहिले गणेशजीको पूजा गरेपछि मात्र अन्य देवतालाई पूज्ने चलन रहिआएको छ ।

मंगलबार भगवान गणेशको नाममा वर्त बस्ने र मन्दिर गएर विधिवत रुपमा गणेशजीको पूजा गर्ने गर्छन् । मंगल ग्रहलाई समस्याको निर्माता मानिने भएकाले यसको खराब प्रभावलाई जोगाउनको लागि पनि यस दिन ब्रत बसी विधिवत रुपमा भगवान गणेशको पूजा आराधना गर्ने गरिएको हो ।

भगवान गणेशको पूजा गर्दा जप्नुपर्ने केही मन्त्रहरु

यी ११ मन्त्रहरु जप्दा गणेश भगवान् चाँडै प्रसन्न हुने र कृपाले जीवनमा सफलता मिल्ने विश्वास छ ।

१ श्री गणेशाय नमः २ – ॐ श्री गणेशाय नमः ३ – गं गणपतये नमः

४ – ॐ गं गणपतये नमः ५ – ॐ गं ॐ गणाधिपतये नमः

६ – ॐ सिद्धि विनायकाय नमः  ७ – ॐ गजाननाय नमः

८ – ॐ एकदंताय नमो नमः ९ – ॐ लंबोदराय नमः

१० – ॐ वक्रतुंडाय नमो नमः ११ – ॐ गणाध्यक्षाय नमः

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  ५ : ५१ बजे

मधेश प्रदेश सरकारद्वारा चालु आवमा ७१ प्रतिशतभन्दा बढी रकम खर्च

जनकपुरधाम – मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं