दोस्रो चरणको खोप अभियानमा १४ हजार ८०१ जेष्ठ नागरिक सहभागि « Khabarhub

दोस्रो चरणको खोप अभियानमा १४ हजार ८०१ जेष्ठ नागरिक सहभागि


३ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे- नेपाल सकारले दोश्रो चरणमा शुरु गरेको कोभिड-१९ विरुद्धको खोप अभियानमा जेष्ठ नागरिकहरुको उत्साहपूर्ण सहभागिताका कारण जिल्लामा ६५ वर्ष भन्दा माथि उमेर समुहका १४ हजार ८ सय १ जनाले खोप लगाएका छन् ।

पहिलो चरणमा जिल्लामा ६ हजार ७ सय ९९ जनाले खोप लगाएका थिए । अब जिल्लामा खोप लगाउनेहरुको संख्या २१ हजार ६ सय ब्यक्तिहरुले खोप लगाई सकेका छन् । जिल्लामा सबै भन्दा धेरै खोप बनेपा नगरपालिकामा लगाईएको छ । बनेपा नगरपालिकामा १ हजार ९ सय ९६ जनाले खोप लगाएका छन् ।

जसमा १ हजार १८ महिला थिए भने ९ सय ७८ पुरुष रहेका छन् । बनेपा नगरपालिकाको योजना ३ हजार ७ सय ५२ नागरिकलाई खोप लगाउने थियो । ६५ वर्ष भन्दा माथिका नागरिकहरुले जिल्लामा ७ हजार ४ सय ८३ महिला र ७ हजार ३ सय १८ पुरुषले खोप लगाएका छन् ।

धुलिखेल नगरपालिकामा १ हजार २ सय ३१, पनौती नगरपालिकामा १ हजार ८ सय ३४, पाँचखाल नगरपालिकामा १ हजार ४ सय २९, नमोबुद्ध नगरपालिकामा १ हजार ५ सय ११, मण्डनदेउपुर नगरपालिकामा १ हजार ३ सय १९ जनाले खोप लगाएका छन् । त्यस्तै भुम्लु गाउँपालिकामा ८ सय ५१, रोशी गाउँपालिकामा ५ सय ३९, बेथान्चोक गाउँपालिकामा ६ सय ८०, तेमाल गाउँपालिकामा १ हजार ६८, महाभारत गाउँपालिकामा ७ सय १०, खानीखोला गाउँपालिकामा ४ सय ३५ र चौरीदेउराली गाउँपालिकामा १ हजार १ सय ९८ जनाले खोप लगाएका छन् ।

फागुन २३ गते आईतबारदेखि शुरु भएको खोपमा उत्साहपूर्ण सहभागिता रहेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख बरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले जानकारी दिए । १३ वटा पालिकामा १ सय १४ वटा खोप केन्द्र मार्फत २५ हजार ४ सय ७५ जना लक्षित समुहका जेष्ठ नागरिकहरुलाई खोप लगाउने योजना बनाईएको थियो ।

खोप कार्यकर्ताहरुलाई तालिम, स्थानीय सरकारका प्रतिनिधिहरुलाई अभिमुखिकरण, संचारकर्मीहरुलाई जानकारी र खोप लगाए पछि हुन सक्ने सम्भावित जोखिमलाई न्युनिकरण गर्न सुरक्षा उपाय अपनाईएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख बरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले बताए । खोप लगाए पछि सामान्य ज्वरो र केही लक्षण बाहेक अन्य कुनै समस्या नभएको डा. झाले बताए ।

जिल्लामा ६५ वर्ष भन्दा माथी उमेर समुहका जेष्ठ नागरिकहरुको संख्या बनेपामा सबै भन्दा धेरै थिए । बनेपा नगरपालिकामा ३ हजार ७ सय ५२, धुलिखेल नगरपालिकामा २ हजार २ सय ९४, पनौती नगरपालिकामा ३ हजार १ सय २२, पाँचखाल नगरपालिकामा २ हजार ६ सय ३८, मण्डनदेउपुर नगरपालिकामा २ हजार १ सय ५७, भुम्लु गाउँपालिकामा १ हजार २ हजार ८७, रोशी गाउँपालिकामा १ हजार ८ सय ९९ रहेका छन् ।

त्यस्तै बेथान्चोक गाउँपालिकामा १ हजार १ सय ६४, तेमाल गाउँपालिकामा १ हजार ४ सय ९७, महाभारत गाउँपालिकामा १ हजार २ हजार ६१, खानीखोला गाउँपालिकाका १ हजार २४ र चौरीदेउराली गाउँपालिकामा १ हजार ३ सय ९० जना लक्षित समुहका नागरिकहरुलाई खोप लगाउने तयारी गरिएको छ । फागुन २३ गते देखि चैत्र १ गतेसम्म खोप लगाईसक्ने गरी कार्यकतालिका तयार गरिएको छ ।

खोप लगाईसकेपछि त्यसको असर हुन नदिन वा केही भईहालेमा तयारी अवस्थामा प्रत्येक केन्द्रमा मेडिकल डाक्टर सहितको टिम र एम्बुलेन्स तयारी अवस्थामा राखिएको थियो । खोप अभियानका लागि २ सय १० जना खोप दिने स्वास्थ्यकर्मी परिचालन भएका थिए भने ६ सय ३० जना स्वयंसेवक रहेका छन् । पालिकाहरुले हरेक दिन फरक फरक स्थानको स्वास्थ्य चौकीमा खोप लगाउने गरी तालिका तयार गरी अभियानमा साथ दिएका थिए ।

सफलतापुर्वक दोश्रो चरणको खोप अभियान सफल भएसँगै तेश्रो चरणका लागि तयारी शुरु गरिएको छ । जिल्लामा कोभिडका कारण जिल्लाका नागरिक ४५ जना र अन्य गरी ६२ जनाको निधन भएको छ । कोरोना संक्रमण हुनेको संख्या अझै थपिएको छ । हाल संक्रमितको संख्या १७ रहेको छ । हालसम्म जिल्लामा ३ हजार ३ सय ७० जना ब्यक्ति कोरोनाबाट संक्रमित भएका छन् ।

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  ११ : ३५ बजे

मध्यपूर्व युद्धले ‘विश्वव्यापी खाद्य सुरक्षामा खतरा’ : विश्व व्यापार संगठन प्रमुख

जेनेभा – मध्यपूर्वमा जारी युद्धले विश्वव्यापी खाद्य सुरक्षामा गम्भीर खतरा

लुम्बिनीमा तेस्रो अन्तरराष्ट्रिय शान्ति महोत्सव सुरु

लुम्बिनी – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले विश्वमा

पूर्वाधारमा थप आक्रमण भएमा इरान संयम रहनु आवश्यक नरहने विदेशमन्त्री अराघचीको भनाइ

तेहरान – इरानका विदेशमन्त्री सयैद अब्बास अराघचीले इरानका पूर्वाधारमा पुनः

स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकामा आयोगलाई राष्ट्रपतिले दिए धन्यवाद

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विशिष्ट परिस्थितिमा घोषणा भएको निर्वाचनलाई

विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ

काठमाडौं – नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अमेरिकी डलर २८